News Portal

  • आगलागी हुँदा तीन बालिकाको दुखद देहान्त

    रसुवा, २७ माघ
    ८४१ पटक
    रसुवा, २७ माघ

    दक्षिणी रसुवाको नौकुण्ड गाउँपालिका–५ मा आज स्थानीय वीरबहादुर मोक्तानको घरमा आगलागी हुँदा तीन बालिकाको मृत्यु भएको छ ।

    मोक्तानको घरमा आज दिउँसो आगलागी हुँदा उनकी छ वर्षीया छोरी अस्मिता मोक्तान तथा छिमेकी वीरबहादुर मोक्तानका सात वर्षीया छोरी रिपोला मोक्तान र तीन वर्षीया मंगली मोक्तानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, रसुवाले जनाएको छ ।

    घरमा ती बालिका मात्र भएका बेला आगलागी भएको र उनीहरुको घरभित्रै मृत्यु भएको प्रहरीले जनाएको छ ।

    आगलागीबाट घरमा भएका सरसामान समेत जलेर नष्ट हुँदा रु तीन लाख बराबरको क्षति भएको छ ।

    प्रतिकृया दिनुहोस्

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...

    भक्तपुरमा दिनदहाडै बाघको आक्रमणबाट बालिका घाइते

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ४ साङदह स्थित मामाघरमा बस्दै आएकी एक बालिका बाघको आक्रमण...