News Portal

  • हरिवनमा निस्किए अर्का दानवीर, वडा कार्यालय बनाउन ७० लाख मूल्य पर्ने जग्गा नि:शुल्क प्रदान

    प्रेमनाथ पाैडेलसर्लाही, १५ चैत
    १२७७ पटक
    सर्लाही, १५ चैत

    सर्लाहीको हरिवन नगरपालिकाका अधिकांश सरकारी कार्यालय निर्माण गर्न का लागी दयालु दानवीरहरु एकसे एक थपिएका छ्न् । यसैबीच एक दानवीरले वडा कार्यालयको लागि निशुल्क जग्गा दान गरिदिएका छन् ।
    बुधबार हरिवन नगरपालिका वडा नम्बर ७ को वडा कार्यालय निर्माण गर्नको लागी एक दानवीरले ७० लाख मुल्य बराबरको ४ कठ्ठा जग्गा नगरपालिका लाई निशुल्क प्रदान गरेका छ्न् ।
    हरिवन बालगङ्गा कोईरी टोलका हरिदेब महतो कोईरीले जग्गा निशुल्क वडा कार्यालयको नाममा नामसारी गरिदिएका वडा अध्यक्ष नेत्र प्रसाद मैनाली ले बताए ।

    वडा कार्यालय भवन बनाउन जग्गा नभएपछि आफूले दानमा दिएको दानवीर कोइरीले बताए । आफ्नो वडाको बिकाशमा यसले अर्थ राख्ने र यसवाट अरुलाइ समेत सामाजिक काममा निस्वार्थ भावले लाग्ने प्रेरणा मिल्ने उसले आशा व्यक्त गरेका छन् ।
    कार्यालयको नाममा बनेको पूर्जा कोइरीले हरिवन नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत टिकाराम ढकाललाई हस्तान्तरण समेत गरेका छन ।

    जग्गा प्राप्त भएपछि नगरपालिकालाई सहज भएको र आगामी आर्थिक बर्षको योजनामा बजेट बिनियोजन गरि भवन निर्माण कार्य थालनी गरिने नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत टिकाराम ढकालले ईभक्तपुर डट्कमलाई बताए ।
    हरिवन नगरपालिक मा अधिकांस सरकारी कार्यालय स्थापना गरि काम गर्नका लागी हरिवनका दानवीरहरुले करडौ मुल्य पर्ने बिघौ जग्गा निशुल्क प्रदान गरि सकेका छ्न् ।

    करिब दुई महिना अघि मात्रै पनि वडा नम्बर ६ मा स्वास्थ्यचौकी को लागी ७० लाख मुल्य बराबरको निजी जग्गा एक दानवीरले दान गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...