News Portal

  • भक्तपुर-चाँगु सडक खण्डलाई गायक बुद्धिकृष्ण लामिछाने मार्ग नामाकरण गर्न माग

    बाबुराम दाहालभक्तपुर, १३ जेठ
    ३४७७ पटक
    भक्तपुर, १३ जेठ

    भक्तपुर सांगीतिक समाजले भक्तपुर – चाँगुनारायण सडक खण्डलाई बरिष्ठ लोक गायक बुद्धिकृष्ण लामिछाने मार्ग नामाकरण गर्न माग गरेको छ । सामाजले शनिवार सूर्यविनायकमा आयोजना गरेको बिशेष कार्यक्रममा उक्त माग गरिएको हो ।

    चाँगुनारायण नगरपालिकाका मेयर सोम मिश्रको उपस्थितिमा समाजका अध्यक्ष प्रविन शाहीले उक्त प्रस्ताव गरेको समाजका सचिव अल्बर्ट बज्राचार्यले बताए ।

    ‘बाखरी बाध्ने डोरीले मैले के गर्नु….घाँस काट्ने खुर्केर, आयो जोबन हुर्केर …, पीढीमा बसेर ….जस्ता दर्जनौ कर्णप्रिय गीतहरुका गायक बुद्धिकृष्ण लामिछाने भक्तपुरको चागुनारायण नगरपालिका निवासी हुन् । गाउदा गाउदै नाच्नुपर्ने स्वभावका लामिछानेलाई नियतीले प्यारालासिस बनाइदिएपछि अहिले व्हील चेयरको शरणमा पुग्न बाध्य बनेका छन् ।

    शनिवार भक्तपुर सांगीतिक समाजले आफ्नो प्रथम साधारण सभाको अवसर पारेर लामिछानेलाई सम्मान गरेको छ । उक्त अवसरमा लामिछानेसहित वरिष्ठ संगीतकर्मी रोशन कुमार राजभण्डारीलाई भक्तपुर सांगीतिक समाजको तर्फबाट बरिष्ठ संगीतज्ञ तथा गोल्डेन भोइस अफ नेपाल प्रेमध्वज प्रधानले दस-दस हजार नगदसहितको सुशील चालिसे साहित्य संगीत सम्मान -२०७५ प्रदान गरेका थिए ।

    प्रमुख अतिथिका रुपमा निम्त्याइएका बरिष्ठ संगीतज्ञ तथा गोल्डेन भोइस अफ नेपाल प्रेमध्वज प्रधानले लामिछाने र राजभन्डारीलाई सम्मान गर्न पाउदा खुशी लागेको बताए । अग्रजहरुप्रती नयाँ पुस्ताले गर्ने सम्मानले एउटा ममताको माला बन्ने कुरा व्यक्त गर्दै उनले यसको निरन्तरताको लागि शुभकामना दिएका थिए ।

    ‘गायकले आफ्नो एउटा गीत गाउँदा अरुको तीनवटा गीत सुन्नुपर्छ’, वरिष्ठ गायक प्रधानले भने, ‘गायकले आफ्नो गलालाई निखार्न दैनिक रियाज गर्न भुल्नुहुन्न।’

    सम्मानित व्यक्तित्वले सम्मान पाउदा अपार खुशी भएको भन्दै आयोजक र प्रमुख अतिथि प्रधानलाई धन्यवाद दिएका थिए ।

    सोही अवसरमा लोक गायक लामिछानेलाई माया गर्ने नेपाल मोबाइल बिक्रेता संघका अध्यक्ष दिनेश चुल्याद, विद्युतीय सामग्री व्यवसायी रोशन भोयद्यो र रुकेश रञ्जितले पाँच-पाँच हजार नगद पुरस्कार दिए ।

    कार्यक्रममा लोक गायक लामिछानेको सम्मानमा गायक रोशन धौभडेलले लामिछानेका तीनवटा गीत प्रस्तुत गरेका थिए । त्यस्तै राजभण्डारीको सम्मान स्वरुप उनले संगीत भरेको एउटा गीत दृष्टि सुवेदीले आफ्नो आवाजमा गाएर सुनाएकी थिइन् । प्रमुख अतिथि प्रधानको सम्मानमा कपिल कस्पालले प्रधानको एउटा गीत गाएका थिए।

    उक्त अवसरमा चाँगुनारायण नगरापालिकाका मेयर सोम मिश्र, भक्तपुर उद्योग बाणिज्य संघका अध्यक्ष राम प्रसाद प्रजापति, प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठ , लेखक / प्राध्यापक शिवप्रसाद मुनंकर्मी , साहित्यकार सुवासचन्द्र ढुंगेल , नेपाल तयारी पोशाक उत्पादन ब्यवसायी संघका अध्यक्ष रामकृष्ण श्रेष्ठ , भक्तपुर बिधुतिय सामाग्री ब्यबसायी संघका अध्यक्ष पुण्यराम खाताखो, भक्तपुर सहित्यिक समाजका अध्यक्ष राजुराम मुनन्कर्मी, मोर्डन कलेजका प्राचार्य अनिल कस्पाल लगायतको उपस्थिति रहेको थियो ।

    कार्यक्रमको थप आकर्षणमा स्थानीय शिक्षासेवी लेखक / प्राध्यापक शिवप्रसाद मुनंकर्मीले भक्तपुरका गायक गायिकालाई सम्मान गर्न अक्षयकोष स्थापनाको लागि भक्तपुर सांगीतिक समाजलाई रु.५० हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरे ।

    सम्मान कार्यक्रम सकिएसंगै भक्तपुर सांगीतिक समाजले आफ्नो प्रथम साधारण सभा सम्पन्न गरेको थियो । सभाले तदर्थ समितिलाई अर्को कार्यकालको लागि निर्बिरोध निर्वाचित गरेको बताइएको छ ।

    समाजका उपाध्यक्ष कपिल कस्पालले जनाए अनुसार भक्तपुर जिल्लामा जन्मथलो वा कर्मथलो भै संगीत कर्ममा लाग्ने संगीत साधकहरूको साझा सस्थाको रुपमा रहेको भक्तपुर सांगीतिक समाजमा देहायबमोजिमको कार्यसमिति बनेको छ ।

    कस्पालका अनुसार अध्यक्ष : प्रविन शाही, उपाध्यक्ष : कपिल कस्पाल, सचिव : अल्बर्ट बज्राचार्य, कोषाध्यक्ष : रोशन धौभडेल रहेका छन् भने सदस्यहरुमा सुमन रंजीतकार, विवेक शाक्य, शम्भो चरण राजभन्डारी, श्रीजल मधिकर्मी, इन्दिरा लासिमस्यु,  महेश्वर बोहोरा, मंगललक्ष्मी सिन्ताकला, विजय कायस्थ र श्रीहरि दाहाल निर्बिरोध निर्वाचित भएका छन् ।

    प्रतिकृया दिनुहोस्

    राहत शिक्षक र सरकारबीच सहमति, आन्दोलन स्थगित

    राजधानी केन्द्रित आन्दोलनरत राहत शिक्षकहरूका माग सम्बोधन भएका छन् । सरकार र अन्दोलित राहत शिक्षक...

    ताथलीस्थित महायज्ञमा मेयरको उद्घोष : २०८२ साललाई धार्मिक पर्यटन वर्ष मनाइने

    चाँगु नारायण नगरपालिकाका मेयर जीवन खत्रीले आगामी २०८२ साललाई धार्मिक पर्यटन बर्ष मनाउने तयारी गरिएको...

    मध्यपुर थिमिमा सिंहावलोकनको नयाँ शुरुवात

    madhyapur thimi municipality thimi

    मध्यपुर थिमि नगरपालिकाले वार्षिक प्रगतीको समीक्षा गर्ने प्रचलन शुरु गरेको छ । नगरपालिकाले चागु आवको...

    ताथलीमा महायज्ञको उद्घाटन : सांसद थापाले गरे आयोजक बालयोगेश्वर विजयमूर्तिको प्रशंसा

    भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले राज्यले गर्नुपर्ने काम बालयोगेश्वर विजयमूर्ति...

    बेहुली झैं बन्यो ताथली : भक्तजन संगै तानिए टिकटकर

    भक्तपुरको चाँगुनारायण ९ ताथलीमा बिहीबारबाट सुरु हुने श्रीमदभागवत विराट पितृ मुक्ति ज्ञान महायज्ञको तयारी सम्पन्न...