News Portal

  • अब नेपालगन्ज विमानस्थलवाट सिधै भारतको दिल्ली उडान हुने

    १४,जेठ
    ९१९ पटक
    १४,जेठ

    काठमाडौँ,   अब केही महिनामै नेपालगन्ज विमानस्थलवाट सिधै भारतको दिल्ली उडान हुने भएको छ । आन्तरिक उडानमा पहिलो स्थानमा रहँदै आएको बुद्ध एयरले नेपालगन्ज देखि भारतको राजधानी नयाँदिल्ली उडान सञ्चालन गर्ने भएको हो । आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बुद्ध एयरका प्रवन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले यसबारे खुलासा गरेका हुन् । त्यसका लागि भोली सोमवार नै बुद्ध एयरकाले नागरिक उड्डयन प्राधिकरणमा आवेदन दिने बस्नेतले बताए ।

    बुद्धले कम्तीमा अबको ६ देखि नौ महिनाभित्र नेपालगन्जदेखि दिल्ली सीधा उडान भर्ने गरी तयारी गरेको छ । सरकारले हवाई रुटको काम गरिदिए उडान गर्न सकिने बुद्धले जनाएको छ । भारतीय पक्षवाट गत बिहीवार नै कन्फर्म भइसकेको छ ।

    मानसरोवर तिर्थ यात्राका लागि नेपालगन्ज विमानस्थल ट्रान्जिट प्वाइन्ट हो । नेपालगन्जको विमानस्थल प्रयोग गरेर मानसरोवर जाने पर्यटक र तिर्थयात्रीमा सबै भन्दा धेरै भारतीय नागरिक छन् ।

    पर्यटनको विकासका लागि नेपालगन्ज वाट भारतको दिल्ली उडानले नेपालगन्ज क्षेत्रमा निकै ठूलो महत्व राख्दछ । सो उडान सुरु भए नेपालगन्जको आर्थिक विकासमा कायापलट गर्ने विश्वास लिइएको छ ।

    काठमाडौं विमानस्थल पछि ब्यस्त बिमानस्थलका रुपमा रहेको नेपालगन्ज विमानस्थललाई अन्तराष्ट्रिय विमानस्थल बनाउन स्थानिय स्तरवाट दवाव समेत छ ।
    सो क्षेत्रका जनप्रतिनिध र ब्यवसायीले नेपालगन्ज विमानस्थललाई अन्तराष्ट्रिय विमानस्थल बनाउनुपर्ने माग राखेका छन् ।

    अहिले नेपालगन्जपारिको भारतीय बजार लखनउबाट वार्षिक ३० हजार हाराहारी तीर्थयात्री हुम्ला सिमिकोट हुँदै मनसरोबर जान थालेपछि नेपालगन्ज तीर्थयात्रीका लागि हब बनेको छ। जेठदेखि ५ महिना मानसरोबर जाने तिर्थयात्रीहरु नेपालगन्ज नाकाबाट पस्छन्। यस्मा अधिकांश भारतीय नागरिक छन्। बुद्धको दिल्ली उडानले थप पर्यटक भित्रिने विश्वास लिइएको छ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...

    नेपाल एरा ऐकेडेमी बन्द गर्न सूर्यविनायकका १३ संस्थागत विद्यालय संचालकहरुको माग

    सूर्यविनायक-८ दार्जिलिङ हाइटस्थित नेपाल एरा ऐकेडेमी गैरकानुनी रूपमा संचालन गरिएको सरोकारवालाले जानकारी गराएका छन् ।...

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...