News Portal

  • सरकारी सेवामा मोदी सरकारले गर्यो ऐतिहासिक निर्णय : अब इंटरभ्यूबाटै सहसचिव नियुक्ति

    नेपालवाल संवाददाताकाठमाडौँ, २८ जेठ
    १०४१ पटक
    काठमाडौँ, २८ जेठ

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कर्मचारीतन्त्रमा ऐतिहासिक निर्णय लिएका छन । उनको सरकारले नौकरशाही प्रवेशको लागि हदै सम्मको लचकता अपनाउदै ठूलो बदलाव बनाएको खबर छ ।

    अब यूपीएससी सिविल सर्विस परीक्षा पास नगरिकनै भारतमा सरकारी कर्मचारीको हैसियत पाइने भएको छ । त्यो पनि सानोतिनो पदमा होइन, लोकसेवा पास बिना नै सहसचिव बन्न सकिने भएको छ ।

    सरकारको एक निर्णयले अब प्राइवेट कंपनीमा काम गर्ने सीनियर अधिकारी पनि सहसचिव हुन् सक्नेछन । त्यसको लागि कुनै लिखित परीक्षा पनि पास गर्नुपर्ने छैन । सरकारको मन्त्रिपरिषदका सचिवको नेतृत्वमा रहेको बिज्ञ टोलीले मौखिक परीक्षाकै आधारमा सहसचिव छान्ने भएको छ ।

    आइतवार यी पदमा नियुक्तिको लागि डिपार्टमेंट ऑफ पर्सनेल ऐंड ट्रेनिंग (DoPT) को गाइडलाइंस सहित सूचना जारी भएको छ ।

    सूचना अनुसार मंत्रालयहरुमा जॉइंट सेक्रटरीको पदमा नियुक्ति गरिने बताइएको छ । उनीहरुको अवधी ५ साल सम्मको लागि हुने बताइएको छ ।

    न्यूनतम उमेर ४० बर्ष तोकिएको भएपनि अधिकतम उमेर भने तोकिएको छैन । आवेदन दिने अन्तिम तारीख ३० जुलाई तोकिएको छ । त्यसको लागि १५ बर्षको अनुभव भने अनिवार्य गरिएको छ ।

    उनीहरुको तलब र अन्य सुबिधा केंद्र सरकारको जोइंट सेक्रटरी(सह सचिव) सरह हुने जानकारी गराइएको छ ।

    स्मरणीय रहोस कि कुनै पनि मंत्रालय या विभागमा जोइंट सेक्रटरीको पद धेरै महत्वपूर्ण हुनेगर्छ । तमाम ठूला नीति निर्माणको अन्तिम रूप दिन उनीहरुको ठूलो योगदान रहन्छ ।

    सरकारले बिषयबस्तुमा बिशेष दखल राख्ने बिज्ञहरुलाई सरकारी सेवा प्रवेश गराउन यो नीति अपनाएको बताएको छ । शुरुमा १० मन्त्रालयमा नियुक्तिको प्रक्रिया अगाडी बढाइएकोमा यसलाई बिस्तार गर्ने मोदी सरकारको योजना रहेको भारतीय अनलाइन अमर उजालामा खबर रहेको छ ।

    प्रतिकृया दिनुहोस्

    पत्रकार थापालाई पितृशोक

    नेपाल पत्रकार महासंघ भक्तपुरकी पूर्व उपाध्यक्ष एवं गोरखापत्र दैनिककी फोटो पत्रकार कविता थापालाई पितृशोक परेको...

    महाजात्राले कमायो २६ करोड ६५ लाख

    mahajatra safalta ghimire

    काठमाडौँ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको...

    क्यानडामा विदेशी विद्यार्थीलाई घर जग्गा किन्न प्रतिबन्ध

    विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ । समाचार अनुसार यसअघि जनवरी १,...

    आज पनि भिटामिन ‘ए’ खुवाइँदै

    के तपाईले आफ्नो ५ वर्ष मुनिका बच्चालाई ‘भिटामिन ए’ क्याप्सुल ख्वाउनुभयो ? ६ महिनादेखि ५...

    इनार, ढुंगेधारा र पोखरीहरुको श्रोत संरक्षणमा सरकारले ध्यान दिनुपर्ने

    लालितपुर,  ६ बैशाख २०८१ । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १९ औं वार्षिकोत्सवमा भक्तपुर नगरपालिकाका...