News Portal

  • मुगाको कारोबारमा संलग्न यमन नागरिकसहित ३ समातिए

    काठमाडौँ, २७ साउन
    ७२० पटक
    arrestकाठमाडौँ, २७ साउन

     

    मुगाको अवैध कारोबारमा संलग्न व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा यमन नागरिक ४३ बर्षीय अल -अस्री  मोहम्मे  याह्या यही, काठमाडौं महानगरपालिका-६ बस्ने मुगुका ५१ बर्षीय ग्याल्पु तामाङ र जुम्ला सिजा गाउँपालिका-३ का ३० बर्षीय नबिन चौलागाई रहेका छन ।

     

    शुक्रबार काठमाडौं महानगरपालिका-२६ ठमेलस्थित होटल काठमाडौं इकोबाट प्रहरीले उनीहरुलाई  पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई आवश्यक कारबाहीको लागि राजस्व कार्यालय हरिहर भवन पठाइएको र यस सम्बन्धमा थप अनुसन्धान समेत भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौले   जनायो ।

     

    अल -अस्रीको कोठामा मुगाको अवैध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी परिसर काठमाडौंबाट अनुसन्धानमा खटिएको प्रहरीले उनको कोठाबाट मुगा र नगद समेत बरामद गरी कारोबार गर्न कोठा नजिक आएका चौलागाई र तामाङलाई समेत नियन्त्रणमा लिएको बताइएको छ ।

     

    अल -अस्रीको सुटकेशबाट ८ किलो मुगा, ५ हजार २ सय ३ अमेरिकन डलर, यमनको मुद्रा १४ हजार, इजिप्टको मुद्रा ७ सय ५०, चाईनिज मुद्रा ४ सय ९३, थाईल्याण्डको मुद्रा २ सय ६०, ओमन मुद्रा २७ र कतार रियाल १ तथा ग्याल्पु तामाङको झोलाबाट मुगा ४६ थान र ३ थान छवाङ्ग समेत बरामद भएको प्रहरीले जानकारी गरायो ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...