News Portal

  • ख्वप:मा पानीरोग विरुद्ध प्रदर्शन

    अन्नपूर्ण केसीभक्तपुर, २८ भदाै
    ९२० पटक
    भक्तपुर, २८ भदाै

    पाटन एकेडमी अफ हेल्थ साइन्स (पाटन अस्पताल)बाट सम्वन्धन प्राप्त अक्सफोर्ड युनिभर्सिटी क्लिनिकल रिसर्च युनिट काठमाडौले भक्तपुरमा नाटक प्रदर्शन गरेको छ ।

    अक्सफोर्ड युनिभर्सिटी क्लिनिकल रिसर्च युनिट काठमाडौं अन्तर्गतको वन वल्र्ड थियटरले दूषित पानीबाट लाग्ने रोगविरुद्ध चेतना फैलाउने चेतनामुलक नाटक देखाएको हो ।

    अक्सफोर्ड युनिभर्सिटी क्लिनिकल रिसर्च युनिट काठमाडौं जनसम्पर्क विभाग प्रमुख सुनिता उदासले दूषित पानीबाट लाग्ने रोगविरुद्ध जनचेतना जगाउने उद्देश्यले नाटक देखाइएको जनाए । कार्यक्रममा श्रोतव्यक्ति डा नायनसी मितलले विद्यार्थीको माध्यमबाट यसबारे जनचेतना जगाउन कलेजमा कार्यक्रम गरेकोे जनाए । कार्यक्रम भक्तपुरस्थित ख्वप कलेजमा भएको थियो । त्यहाँं निशुल्क रुपमा शिक्षक विद्यार्थीलाई नाटक देखाइएको थियो । नाटकमा कलेजका शिक्षकशिक्षिका तथा वीए वीएसडव्लू, वीएस्सी इन्भाइराेमेन्ट साइन्सका विद्यार्थी दर्शकका रुपमा सहभागी रहेका थिए ।

    नाटकमा कलाकारहरु लुनिभा तुलाधर, सन्देश शाक्य, समापिका गौतमलगायतले उत्कृष्ट प्रदर्शन गरेका थिए । नाटक एक घण्टाको थियो ।
    देखाइएको नाटकमा तीनजनाको एउटा परिवार थियो । परिवारका एक सदस्य छोरीको एसईई दिने समय थियो । तिनी परीक्षाको तयारीमा थिइन् । परीक्षा हुनु एक दिन अगाडिको राति उनले क्युरिफाई नगरे (प्रशोधन नगरेको) को सार्वजनिक धाराको पानी सिधै पिउने गर्दछन् । त्यसबाट उनी विरामी पर्छिन् र अस्पताल जानुपर्ने भएर उनको परीक्षा छुटछ । त्यसकारण पानी शुद्धीकरण गरेर मात्रै पिउनुपर्छ भन्ने शन्देश नाटकमा देखाइएको छ ।

    नाटकमा सवै गाउँंलले त्यही सार्वजनिक धाराको पानी सिधै पिउने देखाइन्छ । त्यसकारण अवदेखि सिधै नभई शुद्धीकरण गरेर मात्रै पानी पिउनुपर्छ भन्ने सन्देश नाटकमा देखाइएको छ । सार्वजनिक धराको पानी शुद्धीकरण गरेर मात्रै पिउनुपर्ने मुख्य सन्देश नाटकको थियो ।
    नाटकका निर्देशक राजकुमार पुडासैनीले नाटक काठमाडौं र ललितपुरका विभिन्न ठाउँंहरुमा प्रदर्शन गर्न सकाएको जनाए । यस क्रममा यो भक्तपुरमा पहिलो पटक देखाइएको उनले जनाए ।

    कार्यक्रमपछि कलेजका उपप्राचार्य डा राजेशकुमार श्रेष्ठले नाटक टोली र संस्थालाई सम्मान गर्नुका साथै मायाको चिनो प्रदान गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...

    नेपाल एरा ऐकेडेमी बन्द गर्न सूर्यविनायकका १३ संस्थागत विद्यालय संचालकहरुको माग

    सूर्यविनायक-८ दार्जिलिङ हाइटस्थित नेपाल एरा ऐकेडेमी गैरकानुनी रूपमा संचालन गरिएको सरोकारवालाले जानकारी गराएका छन् ।...

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...