News Portal

  • भक्तपुर साङ्गीतिक समाजको प्रथम साधारण सभा सम्पन्न,राष्ट्रिय योगदानमा जोड

    नेपालवाल संवाददाताभक्तपुर, १६ मंसिर
    १२१९ पटक
    भक्तपुर, १६ मंसिर

    भक्तपुर साङ्गीतिक समाजको प्रथम साधारणसभा भब्य रूपमा सम्पन्न भएको छ । शनिबार कमलविनायकमा प्रथम साधारणसभा सम्पन्न भएको हो ।

    वरिष्ठ साहित्यकार प्रतिसरा सायमीको प्रमुख आतिथ्य तथा वरिष्ठ रङ्गकर्मी हरि बहादुर थापाको बिशेष आतिथ्यमा सम्पन्न कार्यक्रममा समाजका सल्लाहकार प्राज्ञ धुर्व मधिकर्मी,वरिष्ठ रचनाकार सुवाशचन्द्र ढुङेल,वरिष्ठ संगीतकार रोशन राज भन्डारी लगायतको पनि उपस्थिति रहेको थियो । त्यसैगरी कार्यक्रममा लोकप्रिय गायक अजर जंगम, सानु मैया धौभडेल, वरिष्ठ संगीतकार बद्रि नारायण ताम्राकार लगायत थुप्रै गायक,गायिका ,कवि,पत्रकार ,समाजसेवी लगायतको बाक्लो उपस्थिति रहेको थियो ।

    समाजका सदस्य मङललक्ष्मी सिन्ताकलले स्वागत गरेको कार्यक्रममा समाजको एक बर्षको प्रगति प्रतिवेदन समाजका सचीव अल्बर्ट बज्राचार्यले प्रस्तुत गरेका थिए भने वर्ष भरीको आर्थिक प्रतिबेदन कोषाध्यक्ष रोशन धौभडेलले  प्रस्तुत गरे । प्रमुख अतिथि प्रतिसरा सायमीले समाजले अहिले सम्म गरेका काम बाट निकै प्रसन्न भएको र यसले अझै धेरै कार्यहरु मार्फत सम्पुर्ण कलाकारको हितमा टेवा पुर्याउने बिश्वास व्यक्त गर्दै भक्तपुरका कलाकारले रास्ट्रिय पहिचान बनाउन सफल हुने बिस्वास ब्यक्त गरे । भक्तपुरको आफूलाई निकै माया लाग्ने बताउदै उनले उत्तिकै माया भक्तपुर साङ्गीतिक समाजको लाग्ने बताए ।

    बिशेष अतिथि रङ्गकर्मी हरि बहादुर थापाले अब भक्तपुर साङ्गीतिक समाजले नाटक बिधा लाई पनि समेटेर लानु पर्ने र भविष्यमा समग्र मा सम्पुर्ण कलाकारलाई समेट्दै भक्तपुरको कलाकारितालाई थप उचाईमा पुर्याउनु पने बताए। कार्यक्रममा प्राज्ञ धुर्व मधिकर्मीले भक्तपुर साङ्गीतिक समाजको स्थापनाको पृष्ठभूमी ,गतिविधि तथा योजनाको बारेमा प्रष्ट पारेका थिए भने अर्का सल्लाहकार वरिष्ठ रचनाकार सुवाश चन्द्र ढुङ्गेलले अब भक्तपुरका कलाकारले पनि राष्ट्रियरूपमा योगदान दिन सक्नु पर्नेमा जोड दिए ।

    उक्त अवसरमा  समाजले यहीं पौष २८ गते वरिष्ठ लोकप्रिय गायक दिपक खरेल साँझ गर्न लागेको पनि कार्यक्रममा औपचारिक रूपमा जानकारी दिइएको थियो । त्यसै अवसरमा दिपक खरेल साँझ सम्बन्धी प्रोमो पनि रिलिज गरिएको थियो । दिपक खरेल साँझलाई भब्य रूपमा सम्पन्न गर्न साथ दिन सबैलाई भक्तपुर साङीतिक समाज ले आव्हान गरेको छ ।

    कार्यक्रमको सभापतित्व समाजका अध्यक्ष प्रविण शाहीको रहेको थियो भने कार्यक्रमको संचालन गायक तथा समाजका उपाध्यक्ष कपिल कस्पालले गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...