News Portal

  • रंगशालामा प्रहरीको लाठी चार्जबाट पत्रकार घाइते

    भक्तपुर, २४ मङ्सिर
    ८२१ पटक
    भक्तपुर, २४ मङ्सिर

    आज सागको समापनको दिन, नेपाल र भुटानबीच हुने फुटबलको फाइनलको टिकट वितरण स्थलमा विवाद भएपछि प्रहरीले लाठी चार्ज गरेको छ।

    प्रहरीको लाठी चार्जबाट एक पत्रकार घाइते भएका छन् । घाइते हुनेमा नागरिक दैनिकमा कार्यरत पत्रकार सुमन चापागाईं रहेका छन् । प्रहरीको लाठी चार्जबाट उनी मात्र नभएर खेलको टिकट लिन पुगेका दर्शकहरू पनि घाइते भएका छन्।

    प्रत्यदर्शीहरुक अनुसार खेलका दर्शकलाई लाठी चार्ज गरिरहेको फोटो खिच्ने क्रममा पत्रकार चापागाईंमाथि पनि प्रहरीले लाठीचार्ज गरेको हो ।

    दर्शक र पत्रकारमाथी लाठी प्रहार गर्ने प्रहरी सिनियर अधिकृतहरुकै कमान्डमा खटिएका प्रहरीको टोली रहेको छ ।

    प्रहरीको कुटाइबाट उनको कानबाट रगत बगेको छ। घाइते भएका चापागाईंको उपचार त्रिपुरेश्वरस्थित स्पाेर्टस् मेडिसिन एन्ड रिसर्च सेन्टरमा भइरहेको छ। उनलाई त्रिपुरेश्वरस्थित ब्लुक्रस अस्पतालमा सार्ने तयारी भइरहेकाे छ।

     

    प्रतिकृया दिनुहोस्

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...

    भक्तपुरमा दिनदहाडै बाघको आक्रमणबाट बालिका घाइते

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ४ साङदह स्थित मामाघरमा बस्दै आएकी एक बालिका बाघको आक्रमण...