News Portal

  • भारतीय ‘हेपाहा प्रवृत्तिविरुद्ध’ नागरिक अभियानमा मह जोडी

    भक्तपुर, २ पुस
    १९२६ पटक
    भक्तपुर, २ पुस

    हिजो साँझबाट सामाजिक सञ्जालमा भारतीय ‘हेपाहा प्रवृत्तिविरुद्ध’ नागरिक अभियान सुरु भएको छ । सो अभियानले आत्मसम्मान र राष्ट्रियतालाई जोड दिइएको छ ।

    मंगलबारबाट सुरु गरेको अभियानमा वरिष्ठ कलाकारद्वय हरिवंश आचार्य र मदनकृष्ण श्रष्ठले साथ दिएका छन् । ‘नेपालको लागि सय दिन भनेर सुरु गरिएको अभियान हामीलाई पनि मन पर्यो र साथ दिएका हौं,’ हास्य कलाकार हरिवंश आचार्यले भने, ‘राष्ट्रियता, आत्मसम्मान र स्वदेशी उत्पादनलाई प्राथमिकता दिने अभियानको मुख्य उद्देश्य रहेको छ, यही कुरा मन परेकाले यसमा मेरो पनि साथ रहेको हो ।’

    उक्त अभियानले आत्मसम्मान र राष्ट्रियताका लागि घरघरबाट हेपाह प्रवृत्तिविरुद्ध अभियान चलाउन आग्रह गरिएको छ । अभियानमा भारतले सीमा मिच्दा त्यसले समग्र नेपाली नागरिकमा परेको असर र भारतीय हेपाह प्रवृत्तिविरुद्ध आम नागरिक जागरुक हुनु पर्ने उल्लेख गरिएको छ ।

    ‘याद गरौं हामी गरिब छौं । तर लाचार होईनौं । हामी कमजोर छौं । तर कायर होइनौं,’ अभियानमा भनिएको छ ।

    अभियानको उद्देश्य भनेको नेपालको सीमा मिचिँदा आम नागरिक सीमा रक्षाका लागि सुस्ता र कालापानीमा पुग्न नसके पनि आक्रोशलाई शक्तिमा बदलेर आत्मसम्मानको लडाईं लड्न सक्नु हो ।

    ‘सुस्ता र कालापानीमा हाम्रो सीमा मिचिँदा हाम्रो छाति कुँडिनु पर्छ। विदेशको हेपाहाप्रवृति विरुद्ध हामी सामान्य नागरिक सीमामा गएर उभिन नसकौंला तर यो आक्रोशलाई शक्तिमा बदल्दै हामीले आत्मसम्मानको लडाँर्इं लड्नुपर्छ,’ अभियान अन्तरगत अपिल गरिएको छ, ‘सलमान खान’ हरुसँग होइन आफ्नो परिवार र प्रियजनहरुसँग समय बिताऔं । खुसी साटौं ।’

    अभियानले भारतीय उत्पादन कम गर्दै स्वदेशी उत्पादनमा जोड दिएको छ । हिन्दी चलचित्र पनि नहेर्न आग्रह गरिएको अभियानले कौसीमा भए पनि तरकारी खेति गर्न सुझाउँदै वैदेशिक रोजगारीबाट आएको रेमिट्यान्स पुनः विदेश जानबाट रोक्न आग्रह गरेको छ ।

    पाँच जना रहेका व्यक्तिले यो अभियान सुरु गरेको हो । तर उनीहरुले आफ्नो नाम भने खुलाउन चोहेका छैनन् । ‘राष्ट्रको हितका लागि भनेर स्वच्छ मनले सुरु गरेको काम हो, कसको नेतृत्वमा कसले सुरु गर्यो भनेर जस लिने भन्दा पनि देशका लागि राम्रो होस् भन्ने हाम्रो लक्ष्य हो,’ अभियानका एक सदस्यले भने ।

    यो अभियानलाई थुप्रै कलाकारले साथ दिएका छन् । महजोडीसँगै नायिका केकी अधिकारी, ऋचा शर्मा, निर्माता तथा कलाकार रवीन्द्रसिंह बानिया लगायतले पनि आफ्नो फेसबुक वालमा अभियानको अपिल सेयर गरेका छन् ।

    ‘हामी सबै नेताले के गर्यो, सरकारले के गर्यो भनेर आलोचना र आरोप मात्रै लगाउँछौं,’ रवीन्द्रसिंह बानियाले भने, ‘तर हामी स्वयम्ले के गर्यौं भन्ने हो । हामी आफैंले पनि आत्मसम्मान र यथार्थ राष्ट्रवादका लागि घरबाटै सुरु गरौं भनेर सुरु गरिएको यो अभियानमा मेरो पनि साथ छ ।’

    नेपालको लागि सय दिन अभियानको अपिल जस्ताको तस्तैः
    याद गरौं हामी गरिब छौं । तर लाचार होईनौं । हामी कमजोर छौं । तर कायर होइनौं । जसरी ५१ स्वर्ण जित्दा हाम्रो छाति गर्वले फुल्छ । सुस्ता र कालापानीमा हाम्रो सीमा मिचिँदा हाम्रो छाति कुँडिनु पर्छ । विदेशको हेपाहा प्रवृति बिरुद्ध हामी सामान्य नागरिक सीमामा गएर उभिन नसकौंला तर यो आक्रोशलाई शक्तिमा बदल्दै हामीले आत्मसम्मानको लडाईं लड्नुपर्छ।

    १, आजैदेखि इन्डक्सन चुल्हो, इलेक्ट्रिक केट्ली र इलेन्ट्रिक गिजरको प्रयोग बिस्तारै बढाऔं । विद्युत्मा आत्मनिर्भर हुँदै पेट्रोलियम पदार्थमा भारतमाथि निर्भर हुन छाडौं । विद्युतीय उपकरणको प्रयोग फाइदाजनक पनि छ।

    २. विदेशी चलचित्रहरु पैसा र समय खर्च गरि गरि नहेरौं । त्यसले तपाईंको वा तपाईंको सन्तानको व्यक्तित्व विकास हुने पनि होइन। सोही रकम जोहो गरि आफ्नो सहर बजार वरिपरीका रमणीय स्थलमा वनभोज जाऔं । आन्तरिक पर्यटन प्रवर्द्धन गरौं । वा खेलकुद प्रतियोगिताहरु (शहिद स्मारक लिग, पोखरा प्रीमियर लिग आदि) अवलोकन गरि नेपाली खेलाडीहरुको हौसला बढाऔं । ‘सलमान खान’ हरुसँग होइन आफ्नो परिवार र प्रियजनहरुसँग समय बिताऔं । खुशी साटौं ।

    ३. विदेशी उत्पादनहरुको खपत घटाऔं । ‘पार्ली जी’ को सट्टा ‘नेबिको’, ‘म्यागी’ को सट्टा ‘रारा’ र स्याम्पु, दन्त मञ्जनलगायत विलासी सामग्री सकेसम्म स्वदेशी नभए अन्य मित्र राष्ट्रका प्रयोग गरौं । महँगो भए मितव्ययी होऔं । लहराँउदो केश, टल्किएको दाँत र बासना आउने शरिर निहुरिएको शिर भन्दा महत्वपूर्ण हुँदैन।

    ४, आफ्नो आँगन वा कौशीहरुमा सानै परिमाणमा भएपनि तरकारिजन्य खेती गरौं । लाखौं घर परिवार यो अभियानमा जोडियौं भने करोडौं रुपैयाँ जोगिन्छ। तरकारी खेतीले तपाईंको मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पनि पार्नेछ।

    हामीले घर बसेरै गर्न सक्ने यी कुराहरु गर्यौं भने हाम्रै अर्थतन्त्रमा सकारात्मक योगदान गर्न सक्नेछौं । विदेशीलाई सोच्न बाध्य बनाउन सक्नेछौं । हामीले दुःख गरी कमाएको पैसा वा हाम्रा आफन्तजनले विदेशमा रगत पसिना बगाई नेपाल पठाएको पैसा पुनः विदेशमै जान रोक्न सक्नेछौं । विदेशीएका लाखौं आफन्तजन र आफ्ना दुःखहरु सम्झिऔं । कफिनमा फर्किएका लाशहरु प्रति वफादार होऔं ।

    आजै देखि न्यूनतम सय दिनको लागि यो अभियानमा सहभागी बनौं । सोच बदलौं देश बदलौं । गरिब होइन धनी बनौं । कमजोर होइन शक्तिशाली बनौं । किनकि याद गरौँ (हामी गरिब छौं लाचार हौइनौं । कमजोर छौं तर कायर होइनौं ।

    प्रतिकृया दिनुहोस्

    आजबाट एसईई शुरु, बेमौसमी वर्षाले परीक्षार्थी बिरामी हुने जोखिम

    भक्तपुर । माध्यमिक शिक्षा उतीर्ण परीक्षा एसईई(कक्षा-१०) आज बिहीवारबाट शुरु भएको छ । एसईईको पहिलो...

    जनप्रतिनिधि पार्टी नभई जनता केन्द्रीत हुनुपर्नेमा सांसद थापाको जोड

    भक्तपुरका प्रतिनिधि सभा सदस्य सांसद दुर्लभ थापाले जनप्रतिनिधिहरुले पार्टीको नभई जनताको आश्यकता हेरेर काम गर्नुपर्नेमा...

    मध्यपुर थिमिको बोडेमा चैत २६ गते धिमे प्रतियोगितासंगै सांस्कृतिक मेला र मिनी फुड फेस्टिवल

    भक्तपुरको मध्यपुर थिमिस्थित प्राचिन शहर बोडेमा उपत्यकाब्यापी धिमे बाजा प्रतियोगिता तथा सांस्कृतिक मेला हुने भएको...

    ललितपुरमा २ युवाको हत्या आरोपी ४ सार्वजनिक

    ललितपुर । ललितपुरको ढोलाहिटीमा दुई युवाको हत्या भएको घटनामा संलग्न भएका आरोपीहरूलाई प्रहरीले सार्वजनिक गरेको...

    पटके बाटो इजाजत पत्र अनलाइनबाटै उपलब्ध गराइने कार्यको भक्तपुरबाट शुभारम्भ

    अब यातायात कार्यालयले पटके बाटो इजाजत पत्र अनलाइन बाटै उपलब्ध गराउने भएको छ । उक्त...