News Portal

  • प्रमुख प्रशासकीय अधिकृतमाथि आक्रमणमा वडाध्यक्षकै संलग्नताको आरोप

    इभक्तपुर संवाददातापश्चिम रुकुम, ३ पुस
    १४१० पटक
    पश्चिम रुकुम, ३ पुस

    रुकुम पश्चिमको आठविसकोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीमाथि आक्रमण भएको छ । बुधवार साँझ कार्यालयको काम सकेर निवास तर्फ फर्कदै गर्दा राडी बजार नजिक उनी आक्रमणमा परेका हुन् ।

    उनलाई आठविसकोट नगरपालिकाकै वडा नम्बर ३ का वडाध्यक्ष केसरमान बिकका भाइ गोपालमान बिक सहितले आक्रमण गरेको बताइएको छ । केसीको टाउकोमा गम्भीर चोट लागेको छ । उनको टाउकोमा ४ वटा तानका लगाउनुपरेको छ भने थप उपचारको लागि सदरमुकामस्थित अस्पताल लैजाने तयारी रहेको बताइएको छ । प्रमुख प्रशासकीय अधिकृत संगै सूचना प्रविधि अधिकृत गणेश चन्दमाथि पनि कुटपिट भएको र उनको अवस्था भने सामान्य रहेको बताइएको छ ।

    वडा नम्बर ३ का वडाध्यक्ष केसरमान बिकका भाइ नै आक्रमणमा संलग्न भएको भनिएपछि प्रहरीले वडाध्यक्ष विकलाई नियन्त्रणमा लिएको छ । उनलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ ।

    निमित्त प्रमुख प्रशासकीय अधिकृत माथि नै आक्रमण भएपछी नगरपालिकाका कर्मचारी आतंकित भएका छन् । उनीहरुले एक बिज्ञप्ती जारी गरी वडाध्यक्ष विककै योजनामा आक्रमण भएकोले दोषीलाई कारवाही नभएसम्म कामकाज ठप्प पार्ने जनाएका छन् । आठविसकोट नगरपालिकाले पनि विज्ञप्ती जारी गर्दै घटनाको निन्दा गर्नुका साथै दोषीलाई कारवाहीको माग गरेको छ ।

    प्रतिकृया दिनुहोस्

    क्यानडामा विदेशी विद्यार्थीलाई घर जग्गा किन्न प्रतिबन्ध

    विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ । समाचार अनुसार यसअघि जनवरी १,...

    आज पनि भिटामिन ‘ए’ खुवाइँदै

    के तपाईले आफ्नो ५ वर्ष मुनिका बच्चालाई ‘भिटामिन ए’ क्याप्सुल ख्वाउनुभयो ? ६ महिनादेखि ५...

    इनार, ढुंगेधारा र पोखरीहरुको श्रोत संरक्षणमा सरकारले ध्यान दिनुपर्ने

    लालितपुर,  ६ बैशाख २०८१ । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १९ औं वार्षिकोत्सवमा भक्तपुर नगरपालिकाका...

    रामनवमीमा दिव्येश्वरीको वार्षिक पुजा

    भक्तपुर, ५ बैशाख २०८१ । रामनवमीको अवसरमा मध्यपुर थिमि नगरपालिका–१, लोहकिल्थलीस्थित दिव्येश्वरी मन्दिरमा वार्षिक पुजा...

    नव प्रवेशी ८२ शाखा अधिकृतको पदस्थापन, २९ लाई पालिकामा प्रमुख प्रशासकीयको जिम्मेवारी

    निजामती सेवामा नव प्रवेशी शाखा अधिकृतको पदस्थापन गरिएको छ । ब्याट ३७ का ८२ शाखा...