News Portal

  • लिपियाधुराको विवाद समाधान हुन्छ: मन्त्री बाँस्कोटा

    रोकटोकबिना संसदबाट एमसिसी पास हुने

    भक्तपुर, १६ पुस
    ११५५ पटक
    भक्तपुर, १६ पुस

    मन्त्री बाँस्कोटाले लिपुलेक, लिम्पियाधुरा नेपालको नै भएको दाबी गरेका छन् । प्रेस संगठन डडेल्धुरा शाखाद्वारा बुधबार आयोजित पत्रकार सम्मेलन सो कुराको दावी गरेका हुन् ।

    विगतका तथ्यहरूमाथि छानबिन हुने र लिपियाधुराको विवाद पनि साम्मय हुने उनले जानकारी दिए । ‘दार्चुलाको लिम्पियाधुरा, लिपुलेक क्षेत्र नेपालको भूमि भएकाले यस विषयमा द्विविधामा रहनु हुँदैन,’ उनले भने, ‘भारत सरकारलाई पत्र सम्प्रेषण गरिसकेकाले द्विपक्षीय छलफलबाट समस्या समाधान हुन्छ।’

    उनले ब्रिटिस इन्डिया कालदेखि नै छुट्याइएका चिजहरु हेरेर आउनुपर्ने बताए । तथ्य र प्रमाणले के भन्छ हामीले त्यो स्वीकार्नुपर्ने मन्त्री बाँस्कोटाको भनाइ छ।

    रोकटोकबिना संसदबाट एमसिसी पास हुने

    सम्मेलनमा मन्त्री बाँस्कोटाले सरकारले एमसिसीको फाइल संसदमा पेश गर्ने र संसदबाट कसैको रोकटोकबिना पास हुने दाबीसमेत गरेका छन्।

    सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) संसदबाट अनुमोद हुन कसैले रोक्न नसक्ने बताए।

    ‘कसैले चाहेर पनि अब एमसिसी फेल हुँदैन’, उनले भने, ‘सरकारले संसदमा पेश गर्छ सिधै पास हुन्छ।’ उनले एमसिसी निश्चित मापदण्ड पूरा गरेपछि मात्र लागूहुने भएकोले एमसिसीलाई राजनीतिक मुद्दा बनाउन नहुने आग्रह गरे।

    मन्त्री बाँस्कोटाक अनुसार एमसिसीका केही आधारहरु तयार गरिएका छन्। ‘सुशाशन, मानव अधिकार, प्रजातन्त्रिक मुलुकमा मात्र यो परियोजना दिइन्छ,’ मन्त्री बाँस्कोटाले भने, ‘मलाई लाग्छ दक्षिण एसियमा श्रीलंका र नेपालले मात्र पाएका छन्। संसारका १०–१५ वटा देशले मात्रै यो परियोजना पाएका छन्।’

    नेपालले सन् २०११ को डिसेम्बरमा उक्त मापदण्ड पूरा गरेको उनको भनाइ छ। मन्त्री बाँस्कोटाले एमसिसी र ‘इन्डो प्यासिफिक’बीच कुनै अन्तरसम्बन्ध नरहेको जिकिर गरे। उनले यी दुवै विषयलाई मिसाएर विवाद गरेर भ्रम सिर्जना नगर्न पनि आग्रह गरे। यदि एमसीसीबारे कसैलाई भ्रम भए त्यसबारे छलफल गर्न तयार रहेको प्रष्ट्याए।

    प्रतिकृया दिनुहोस्

    पत्रकार थापालाई पितृशोक

    नेपाल पत्रकार महासंघ भक्तपुरकी पूर्व उपाध्यक्ष एवं गोरखापत्र दैनिककी फोटो पत्रकार कविता थापालाई पितृशोक परेको...

    महाजात्राले कमायो २६ करोड ६५ लाख

    mahajatra safalta ghimire

    काठमाडौँ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको...

    क्यानडामा विदेशी विद्यार्थीलाई घर जग्गा किन्न प्रतिबन्ध

    विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ । समाचार अनुसार यसअघि जनवरी १,...

    आज पनि भिटामिन ‘ए’ खुवाइँदै

    के तपाईले आफ्नो ५ वर्ष मुनिका बच्चालाई ‘भिटामिन ए’ क्याप्सुल ख्वाउनुभयो ? ६ महिनादेखि ५...

    इनार, ढुंगेधारा र पोखरीहरुको श्रोत संरक्षणमा सरकारले ध्यान दिनुपर्ने

    लालितपुर,  ६ बैशाख २०८१ । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १९ औं वार्षिकोत्सवमा भक्तपुर नगरपालिकाका...