News Portal

  • भक्तपुरको हनुमानघाटमा माघव्रत, व्रतालुको संख्यामा कमी

    निशा कुस्मा भक्तपुर, २५ पुस
    २८८३ पटक
    भक्तपुर, २५ पुस

    बिहान सबेरैको कुरो थियो । मानिसहरुको चहलपहल धेरै थियो । कोहि भगवान लिन जाने तरखरमा थिए त कोहि व्यवस्थापनको कार्यमा व्यस्त देखिन्थे । यो व्यस्तता अन्त कतैको नभएर भक्तपुर हनुमानघाटको थियो ।

    हो, आज भक्तपुरको हनुमानघाटमा मानिसहरुको भीड थियो । त्यो भीड भगवानको दर्शन गर्ने भक्तहरुको थियो । आज पुस शुल्क पुर्णिमाको दिन । हुन्दु धर्मावलम्बीहरुको एक महत्त्वपूर्ण दिन । श्रीस्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा आराधना सुरु गरिने दिन हो आज ।

    आजबाट सुरु भएको श्रीस्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा आराधना एक महिना सम्म चल्छ । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म हरेक दिन घरघरमा स्वस्थानी कथा भन्ने र सुन्ने गरिन्छ । श्रीस्वस्थानीको व्रत बसेमा वा कथा सुनेमा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रहेको छ ।

    सोहि विश्वासका साथ भक्तपुरको हनुमानघाटमा व्रत बस्नेको संख्या जम्मा १७ रहेको छ । जसमा महिला ३ जना छन् भने पुरुष १४ जना रहेका छन् । गत वर्षको तुलनामा महिला व्रतालुको संख्यामा कमी आएको छ ।

    ‘पहिले भक्तपुरमै ब्रह्मायणी घाट, हनुमानघाट र चुपिंग घाट गरी तीन ठाउँमा व्रत बस्ने चलन थियो तर अहिले हनुमानघाटमा मात्रै सिमित भएको छ’ संस्कृतिविद ओम धौवडेलले भक्तपुर पोस्टसंग भने । उनका अनुसार यहाँको माघव्रतमा व्रतालुको संख्या घट्नुमा व्रत बस्ने विधिमा कठिनाई भएको अनुमान गरेको छ । सोहि कठिनाईले गर्दा भक्तपुरकै स्थानीय व्रतालु पनि साँखुमा व्रत बस्न जाने गरेको उनको भनाई छ।

    संस्कृतिविद धौवडेलले व्रतालुको शरीर त के छायाँमा पनि छुन हुँदैन भन्ने जनविश्वास रहेको बताए । माघव्रतको समयमा खान खाने बेलामा कुनै कारणबस खानामा कपाल या कनिका आएमा व्रतालुले सो खान समेत खान नहुने विधि रहेको जानकारि गराए । त्यस्तैगरी व्रत सकेर नारायण पुजा जाँदा माधब नारायण भनेर जप्दै जानु पर्ने बताएका छन् ।

    ‘यहाँका विधिमा कठिनाई भए पनि एउटा फाइदा छ, व्रतालुले पुरै एकै महिना व्रत बस्नु पर्दैन’ संस्कृतिविद धौवडेलले भने, ‘आफुलाई कति दिन बस्न मन पर्छ, पुरै एक महिना, १४ दिन, ७ दिन या समापनको एकै दिन, जति दिन मन पर्यो त्यति दिन व्रत बस्न पाइन्छ ।’

    दोश्रो कारण भनेको प्रचारप्रसारको कमी रहेको संस्कृतिविद धौवडेल बताउँछन् । उनले भक्तपुर हनुमानघाटमा बसिने माधब नारायणको व्रतकथामा यहाँका स्थानीय नेवारले मात्र उपस्थिति जनाउन पाउने कुराको अवगत गराए । माधब नारायण व्रतकथाको प्रचारप्रसार राम्ररी गर्न सकेको खण्डमा यहाँ पनि व्रतालुको संख्यामा वृद्धि हुन सक्ने उनको भनाई छ ।

    भक्तपुर नगरपालिकाको अगुवाईमा हनुमानघाट परिसरमा पुननिर्माणका कार्य भइ रहेको छ ।माधब नारायणको विशेष पुजा गर्नु पुर्व स्नान गर्न खोलामा पोखरी निर्माण गरेको छ । सो पोखरीमा खोलामा बग्ने ढल मिसिएको पानी नजाने गरे व्यवस्था मिलाएको श्री माधवनारायण व्रतधलं सेवा समिति भक्तपुरले जनाएको छ ।

    यसरी सुरु भयो हनुमानघाटमा माघव्रत

    प्राचिनकालदेखि नेपाल धार्मिक, ऎतिहसिक, साँस्कृतिक एवं तीर्थस्थलको रुपमा परिचित छ । विभिन्न पुराण धर्मग्रन्थ, महात्म्य र इतिहासमा भक्तपुर धार्मिक, साँस्कृतिक रुपमा विकास हुँदै पुण्यभुमिकै रुपमा रहेको देखिन्छ । हक्तापुर्को पुर्वपट्टि रहेको हनुमानघाट क्षेत्र पनि एक तिर्थस्थल पुण्यभूमि हो । जहाँ वीरा, भद्रा, तामसा नामका नदीहरुको त्रिवेणीको रुपमा प्रवाहित भइरहेको छ ।

    ओमकार आकारको मसान, बाल्मिकेश्व्र, किरातेश्वर, सितालामाई, रामसिता, वीर हनुमान र माधवनारायण आदि धेरै देवीदेवताका मुर्तिहरु स्थापित हनुमानघाट नेपालभाषामा खोंह्रे नामले प्रख्यात छ ।

    तेत्रायुगमा पुरुषोत्तम भगवान श्री राम अवतारको पूर्ण कथा पवित्र रामायाण ग्रन्थ लेख्ने अभिप्रायले महर्षि श्री बाल्मिकीले उचित स्थानको खोजीको सिलसिलामा हनुमानघाट पुगेका थिए । उनले त्यहाँ पबित्र वीरा, भद्रा, तामसा नदीहरुको संगमस्थल त्रिवेणी बगिरहेको देख्दा र वरपरका प्राकृतिक दृश्यहरु पनि मनोरम देखिएकोले ग्रन्थ लेख्न उत्तम ठानी सोहि स्थानमा आश्रम कायम गरि पवित्र ग्रन्थ रामायाण कथा लेखिएको भन्ने किम्वदन्ती नभई अन्य ग्रन्थहरुमा उल्लेख गरिएको छ ।

    यहि क्षेत्रमा ने.स. ७२२ माघ धलं नामक व्रतधर्म माघ महिनाभरि माधव नारायणको अनुष्ठान गरि माघ पुर्णिमा कथा सुन्ने चलन चलि आएको कुरा पुरानी थ्या: सफु (किताब) मा उल्लेख गरिएको छ । उक्त व्रतानुष्ठान भक्तपुरका राजोपाध्याय ब्रह्माणहरुले पनि चलाउँदै आएका थिए ।

    यस्तै ने.स. ८४९ मा रणजित मल्लले आफ्ना छो राहरुलाई यस व्रतमा संलग्न गराई माधव नारायाण, लक्ष्मी, सरस्वतीको ढुंगाको मुर्ति हनुमानघाटमा स्थापना गरी उक्त व्रतधर्म भक्तपुर उपाकर्म गुठीबाट आलोपालो चलाएका थिए ।

    रणजित मल्लको समयमा ब्रह्माणहरुको नाम, थर र सालसमेत लेखि एउटा पन्जिका पनि लेखिएको थियो । कल्याण राजदेव उपाध्यायले मात्र धलंको व्रताबिधि नीतिनियम र देश परिक्रमाको क्रम आदि व्यवस्थित गरेको देखिन्छ । त्यसको आधार उसबेला सयौं व्यक्ति व्रत बसेको र धेरै जना जलासयन बस्ने गरेको र ठाउँ- ठाउँमा माधव नारायणको परिक्रमा चलाएको देखिन्छ ।

    मल्ल कालमा यो व्रत धलं श्रद्धालुहरुले केहि वर्ष चले पनि निरन्तरता पाएन । त्यस कारण आफ्ना स्थानमा पहिले देखि चलि आएको चलन पुन: चलाई धार्मिक भजन विकास गर्न र समाजमा सुख, शान्ति र समृद्धि ल्याउन वि.स. २०४२ सालतिर काम गर्न जोश जाँगर भएका श्रद्धालु भक्तजनहरुले ‘माघव्रत ‘ को पुनरुत्थान गरे । यसरी श्रद्धावान जनताको श्रम, शक्ति र श्रोतको परिचालन गरी हनुमानघाटमा माधव नारायणको पुजा, व्रतकथा श्रवण आदि चलेको हो । यो हाल सम्म पनि परम्पराकै रूपमा चलि आएको देखिन्छ ।

     

    प्रतिकृया दिनुहोस्

    क्यानडामा विदेशी विद्यार्थीलाई घर जग्गा किन्न प्रतिबन्ध

    विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ । समाचार अनुसार यसअघि जनवरी १,...

    आज पनि भिटामिन ‘ए’ खुवाइँदै

    के तपाईले आफ्नो ५ वर्ष मुनिका बच्चालाई ‘भिटामिन ए’ क्याप्सुल ख्वाउनुभयो ? ६ महिनादेखि ५...

    इनार, ढुंगेधारा र पोखरीहरुको श्रोत संरक्षणमा सरकारले ध्यान दिनुपर्ने

    लालितपुर,  ६ बैशाख २०८१ । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १९ औं वार्षिकोत्सवमा भक्तपुर नगरपालिकाका...

    रामनवमीमा दिव्येश्वरीको वार्षिक पुजा

    भक्तपुर, ५ बैशाख २०८१ । रामनवमीको अवसरमा मध्यपुर थिमि नगरपालिका–१, लोहकिल्थलीस्थित दिव्येश्वरी मन्दिरमा वार्षिक पुजा...

    नव प्रवेशी ८२ शाखा अधिकृतको पदस्थापन, २९ लाई पालिकामा प्रमुख प्रशासकीयको जिम्मेवारी

    निजामती सेवामा नव प्रवेशी शाखा अधिकृतको पदस्थापन गरिएको छ । ब्याट ३७ का ८२ शाखा...