News Portal

  • शिक्षकको तलव भत्ता नपुग भएमा ७ दिन भित्र लेखि पठाउन स्थानीय तहलाई केन्द्रको निर्देशन

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २१ माघ
    ११७६ पटक
    भक्तपुर, २१ माघ

    भक्तपुर । सानोठिमी स्थित शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षकको तलव भत्ता नपुग भए माग गर्न ७ दिनको समय दिएको छ ।  माध्यमिक तहमा स्वीकृत दरबन्दी तथा अनुदानमा कार्यरत शिक्षकको लागि तलव भत्ता नपुग भएमा ७ दिन भित्र लेखि पठाउन स्थानीय तहका लागि सूचना प्रकाशित गरिएको हो ।

    हालसम्म ४ सय १८ वटा स्थानीय तहको मात्रै विवरण पठाएकोले अन्य बाँकी स्थानीय तहलाई तलवी विवरण पठाउन ७ दिनको म्याद दिइएको योजना तथा अनुगमन शाखाले जनाएको छ । ७ दिनभित्र कार्यक्रम कार्यान्वय पुस्तिकामा तोकिएको ढाचामा विवरण पठाउन निर्देशन दिइएको हो ।

    सूचनामा जिल्ला स्थित शिक्षा विकास तथा समन्वय ईकाइ मार्फत स्थानीय तहका शिक्षा शाखालाई विवरण पठाउन केन्द्रले निर्देशन जारी गरेको छ । अथवा, ईकाइबाट प्रमाणित गराई इमेल वा फ्याक्स मार्फत पनि विवरण पठाउन सकिने उपमहानिर्देशक इमानारायण श्रेष्ठले बताएका छन् ।

    हेर्नुस् केन्द्रले जारी गरेको सूचना

    प्रतिकृया दिनुहोस्

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...