News Portal

  • प्रधानमन्त्री ओलीद्वारा वर्तमान सरकार ढाल्ने षडयन्त्र भइरहेको खुलासा

    भक्तपुरपोष्ट संवाददाता४ फागुन २०७६
    ९६२ पटक
    ४ फागुन २०७६

    झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार ढाल्न विभिन्न षड्यन्त्रहरु भएको खुलासा गरेका छन् ।आफ्नो गृहजिल्ला झापा पुगेर ओलीले आफ्नोवर्तमान सरकारले विकास र समृद्धिको माहोल तयार गरेको देखेर विकासको गति रोक्ने र मुलुकलाई फेरि अस्थिरतातर्फ धकेल्ने मनसायले सरकार ढाल्ने षडयन्त्र भएको दाबी गरेका हुन् ।

    दशैँपछि पहिलोपटक गृहजिल्ला पुगेका ओलीले दमकमा आयोजित कार्यक्रमलाई संवोधन गर्दै सो कुरा बताएका हुन्।सरकारविरुद्ध विभिन्न शक्ति केन्द्रले षड्यन्त्र गरिरहेको दाबी गरेका ओलीले कसले त्यस्तो षड्यन्त्र गरिरहेको हो भन्नेबारे भने मुख खोलेनन्।

    ‘सरकार ढाल्न विभिन्न षडयन्त्र भइरहेको छ, सरकारलाई कमजोर पार्न खोजिएको छ,’ उनले भने।सरकारले आफ्नो कार्यकालको दुई वर्ष पूरा भएको एकदिनपछि प्रधानमन्त्रीको यस्तो अभिव्यक्ति आएको हो। ओली नेतृत्वको सरकारले शनिबार दुई वर्ष पुरा गरेको छ।

    सरकारलाई दुई वर्षपछि अविश्वासको मत पेश गर्न पाउने संवैधानिक प्रावधानको चर्चा शुरु भएकै बेला प्रधानमन्त्री स्वयंले सार्वजनिक कार्यक्रममा सो प्रसंग उल्लेख गरेका छन्।स्वास्थ्यमा समस्या आएका कारण लामो समयदेखि उपत्यकाबाहिर नगएका प्रधानमन्त्री ओली विभिन्न कार्यक्रममा सहभागी हुन आइतबार बिहान झापा पुगेका हुन्।

    प्रतिकृया दिनुहोस्

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...

    नेपाल एरा ऐकेडेमी बन्द गर्न सूर्यविनायकका १३ संस्थागत विद्यालय संचालकहरुको माग

    सूर्यविनायक-८ दार्जिलिङ हाइटस्थित नेपाल एरा ऐकेडेमी गैरकानुनी रूपमा संचालन गरिएको सरोकारवालाले जानकारी गराएका छन् ।...

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...