News Portal

  • कम्युनिष्ट सिध्याउन ‘पुँजीपति, सेना, बन्दुक’ केही पनि चाहिँदो रहेनछ : प्रचण्ड

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ९ फागुन
    १२३४ पटक
    भक्तपुर, ९ फागुन

    पूर्व प्रधानमन्त्री समेत रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्ट नेताहरु बोलीमा नभई व्यवहारमा आदर्श बन्नुपर्ने बताएका छन् ।कम्युनिष्ट नेताहरु निष्ठा र आदर्श बाट च्यूत बन्नु नहुनेमा जोड दिंदै उनले उक्त कुरा बताएका हुन् ।

    शुक्रवार बिहान भक्तपुरको ठिमीमा आयोजित नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता नारायणविलास जोशी स्मृति प्रतिष्ठानको भवन शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले कम्युनिष्टहरु सत्तामा आएसंगै व्यक्तिगत स्वार्थमा लिप्त हुनु दुखद प्रवित्ति देखिएको बताए । ”सत्तामा नहुँदा, क्रान्तिमा हुँदा जनाताको भावना अनुरुप व्यवहार गर्ने नेताहरु सत्ता प्राप्त गरेपछि त्यो आदर्शबाट विचलित हुनु दुखद कुरा हो ।” उनले भने । कम्युनिष्ट नेताहरुले जनताको भावना र अपेक्षालाई घात गर्नु नहुने जिकिर गर्दै अध्यक्ष प्रचण्डले जनता जहाँ बस्छन् त्यहाँ बस्न, जनताले जे खान्छन् त्यही खान र जनता जे चाहन्छन त्यहि गर्न निर्देशन समेत दिए ।

    कम्युनिष्ट पार्टीलाई यतिबेला पहिलेका जस्ता पूजीपतिको भन्दा आफ्नै नेतृत्वले संकटमा ल्याउने गरेको खुलासा गर्दै अध्यक्ष प्रचण्डले आफ्ना आदर्शबाट च्युत भएपछि नेतृत्व नै पार्टीको लागि घातक बन्ने गरेको बताए । ”पुँजीपति, सेना, बन्दुक केही पनि चाहिँदो रहेनछ कम्युनिष्ट नेता आफैंले आफैंलाई सिद्धाउने रहेछन् ।” अध्यक्ष प्रचण्डले प्रष्ट पारे ।

    जेलनेल, यातना, भय र मृत्युलाई समेत परवाह नगरी जनताको पक्षमा लागेका र लडेका कम्युनिष्टहरु आदर्शबाट च्यूत हुनु नहुने जिजिर गर्दै उनले कम्युनिष्ट आदर्शको राजनीतिलाई फेरि एकपटक स्थापित गर्नुपर्नेमा जोड दिएका थिए ।

    कार्यक्रममा बागमती प्रदेशका मन्त्री एवं सांसदहरु, पार्टीका केन्द्रीय सदस्यहरु, जिल्लाका नेतागण एवं स्थानीय जनप्रतिनिधिहरुका साथै नेकपा कार्यकर्ता एवं स्थानीय जनताको उपस्थिति रहेको थियो ।

    प्रतिकृया दिनुहोस्

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...

    नेपाल एरा ऐकेडेमी बन्द गर्न सूर्यविनायकका १३ संस्थागत विद्यालय संचालकहरुको माग

    सूर्यविनायक-८ दार्जिलिङ हाइटस्थित नेपाल एरा ऐकेडेमी गैरकानुनी रूपमा संचालन गरिएको सरोकारवालाले जानकारी गराएका छन् ।...

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...