News Portal

  • प्रधानमन्त्री ओलीको सम्पती छानविन गर्न संसदमा बाबुरामको माग

    भक्तपुरपोष्ट संवाददाता
    १२०३ पटक

    काठमाडौं, १४ फागुन । पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओलीको सम्पती छानविन गर्न माग गरेका छन् । बुधवार प्रतिनिधि सभाको बैठकमा बोल्दै भट्टराईले तेह्रथुमको सानो ‘बुकुरो’मा बस्ने मान्छेको बालकोटमा भव्य दरवार बन्न नसक्ने दावी गर्दै उनको सम्पती छानविन गर्नुपर्ने बताएका हुन् ।

    सो प्रसंगमा भट्टराईले प्रम ओलीको मात्र नभई सबै नेताहरुको सम्पती छानविन गर्नुपर्नेमा पनि जोड दिए । उनले आफू अर्थमन्त्री र प्रधानमन्त्री समेत भएको उल्लेख गर्दै त्यसबापत प्राप्त हुने सबै वैद्य स्रोत जोड्दा पनि काठमाडौंमा घर बनाउन सम्भवै नहुने दावी गरे । उनले आफू गणितमा चासो राख्ने र अर्थमन्त्री समेत भइसकेको व्यक्ति भएकाले जसरी हिसाब गर्दा पनि बाहिर देखिने सम्पत्तिले मात्रै नेताले काठमाडौंमा महल ठड्याउन नसक्ने बताए । ‘म गणितमा चासो राख्ने र अर्थमन्त्री पनि भइटोपलेको मान्छे हुँ ।

    उनले केपी ओलीको भन्दा आफ्नो गाउँको बुकुरो अझ राम्रो भएको पनि बताए । उनले भने, ‘कसरी हाम्रा महल छन् ? प्रधानमन्त्रीको अस्ति तेह्रथुमको बुकुरो हेर्दा त्योभन्दा राम्रो घर गोरखामा मेरो छ । त्यस्तो गाउँमा बुकुरो भएका हामी प्रधानमन्त्रीहरू काठमाडौंमा महल बनाउने कसरी पुग्यौं ?’

    भट्टराईले भने, ‘हिजो हामी त साथीहरूले दिएको जडौडी लुगा, चप्पल लगाएर हिड्थ्यौं । अहिले हामी कसरी सुटेट बुटेट भएका छौं । कसरी चिल्ला कार चढेर हिडेका छौं ।’ लाख प्रयत्न गर्दा पनि हाम्रो दृष्य कमाइले काठमाडौंमा महल बनाउने हैसियत पुग्दैन । यसको छानबिन गरौं ।’

    प्रतिकृया दिनुहोस्

    महाजात्राले कमायो २६ करोड ६५ लाख

    mahajatra safalta ghimire

    काठमाडौँ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको...

    क्यानडामा विदेशी विद्यार्थीलाई घर जग्गा किन्न प्रतिबन्ध

    विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ । समाचार अनुसार यसअघि जनवरी १,...

    आज पनि भिटामिन ‘ए’ खुवाइँदै

    के तपाईले आफ्नो ५ वर्ष मुनिका बच्चालाई ‘भिटामिन ए’ क्याप्सुल ख्वाउनुभयो ? ६ महिनादेखि ५...

    इनार, ढुंगेधारा र पोखरीहरुको श्रोत संरक्षणमा सरकारले ध्यान दिनुपर्ने

    लालितपुर,  ६ बैशाख २०८१ । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १९ औं वार्षिकोत्सवमा भक्तपुर नगरपालिकाका...

    रामनवमीमा दिव्येश्वरीको वार्षिक पुजा

    भक्तपुर, ५ बैशाख २०८१ । रामनवमीको अवसरमा मध्यपुर थिमि नगरपालिका–१, लोहकिल्थलीस्थित दिव्येश्वरी मन्दिरमा वार्षिक पुजा...