News Portal

  • नेपालको लगातार दोस्रो हार, हङकङसँग ४३ रनले पराजित

    इभक्तपुर संवाददाता
    १३५० पटक

    काठमाडौं, १८ फागुन । नेपाल हङकङसँग पराजित भएको छ। एसीसी इस्टर्न रिजन पुरुष टी-ट्वान्टी कप क्रिकेट अन्तरगत आइतबार भएको खेलमा नेपाल हङकङसँग ४३ रनले पराजित भएको हो। यो नेपालको लगातार दोस्रो हार हो।

    हङकङले दिएको १ सय ५५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको नेपालले १८ ओभर १ बलमा अलआउट हुँदै १ सय ११ रन मात्र बनाउन सक्यो। नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ४६ रन बनाए। यस्तै कुशल मल्लले १९ रन जोड्दा आरिफ शेखले १० रन बनाए।

    हङकङका हरुन मोहमद अर्सादले ५ विकेट लिए। यस्तै अफ्ताफ हुसेनले ३ तथा इशान खानले २ विकेट लिए। यस अघि टस हारेर पहिले ब्याटिङ गरेको हङकङले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५४ रन बनाएको थियो। यो हारसँगै हङकङसँग हारसँगै शीर्ष दुईमा रहेर एसिया कप छनोट खेल्ने नेपालको लक्ष्य कठिन मोडमा पुगेको छ।

    हिजो नेपाल मलेसियासँग २२ रनले पराजित भएको थियो। प्रतियोगितामा नेपालसहित मलेसिया, थाईल्याण्ड, सिंगापुर र हङकङ समावेश छन्। रोउण्ड रोबिनका आधारमा चल्ने प्रतियोगिताका शीर्ष दुई टोलीले एसिया कप छनोटमा स्थान बनाउने छन्।

     

    प्रतिकृया दिनुहोस्

    शोकमा रहेका डा लम्साललाई राहत, सचिवमा पदोन्नति गर्ने सरकारको निर्णय

    शिक्षा सेवाका सहसचिव डा हरि लम्सालको सचिवमा पदोन्नति भएको छ । स्याङ्जा स्थायी घर भइ...

    आजबाट एसईई शुरु, बेमौसमी वर्षाले परीक्षार्थी बिरामी हुने जोखिम

    भक्तपुर । माध्यमिक शिक्षा उतीर्ण परीक्षा एसईई(कक्षा-१०) आज बिहीवारबाट शुरु भएको छ । एसईईको पहिलो...

    जनप्रतिनिधि पार्टी नभई जनता केन्द्रीत हुनुपर्नेमा सांसद थापाको जोड

    भक्तपुरका प्रतिनिधि सभा सदस्य सांसद दुर्लभ थापाले जनप्रतिनिधिहरुले पार्टीको नभई जनताको आश्यकता हेरेर काम गर्नुपर्नेमा...

    मध्यपुर थिमिको बोडेमा चैत २६ गते धिमे प्रतियोगितासंगै सांस्कृतिक मेला र मिनी फुड फेस्टिवल

    भक्तपुरको मध्यपुर थिमिस्थित प्राचिन शहर बोडेमा उपत्यकाब्यापी धिमे बाजा प्रतियोगिता तथा सांस्कृतिक मेला हुने भएको...

    ललितपुरमा २ युवाको हत्या आरोपी ४ सार्वजनिक

    ललितपुर । ललितपुरको ढोलाहिटीमा दुई युवाको हत्या भएको घटनामा संलग्न भएका आरोपीहरूलाई प्रहरीले सार्वजनिक गरेको...