News Portal

  • जेम्सलाई ४ विकेटले पछि पार्दै सैनिकले जित्यो क्रिकेट प्रतियोगिताको उपाधि

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, २२ फागुन
    १८१५ पटक
    भक्तपुर, २२ फागुन

    प्रधानसेनापति अन्तर विद्यालय टी- २० रनिङ्ग क्रिकेट प्रतियोगिताको उपाधि भक्तपुरको सल्लाघारीस्थित सैनिक आवासीय महाविद्यालयलाई प्राप्त भएको छ । प्रतिस्पर्धी विद्यालय ललितपुरको जेम्सलाई पछि पार्दै सैनिकले उपाधि हासिल गरेको हो ।

    सल्लाघारी स्थित सैनिक आवासीय महाविद्यालयको खेलमैदानमा विहीवार भएको फाइनल खेलमा सैनिकले जेम्स बिरुद्ध ४ विकेटले जीत हासिल गरेको थियो ।

    बिहीबार प्रतियोगितामा पहिलो हुने सैनिक र दोस्रो हुने जेम्सलाई पुरस्कार समेत प्रदान गरिएको छ । प्रथम हुन सफल सैनिक आवासीय महाविद्यालयले नगद १ लाख सहित ट्रफी र प्रमाणपत्र पाएको छ भने द्वितीय हुने जेम्सले नगद ५० हजार सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्यो ।


    सल्लाघारी स्थित सैनिक आवासीय महाविद्यालयको खेलमैदानमा भएको फाइनल खेल र पुरस्कार वितरण कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपाली सेनाका लेफ्टिनेन्ट जर्नेल गौरव तन्दुल उपस्थित थिए भने विशेष अतिथिको रुपमा भक्तपुरका मेयर सुनिल प्रजापति त्यसैगरी अन्य अतिथिमा सानका वर्तमान अध्यक्ष तथा नेपाली सेनाका अवकाश प्राप्त मानार्थ उपरथी ताराबहादुर कार्की, कल्याणकारी योजनाका सागरबहादुर केसी, क्यानका भूतपूर्व अध्यक्ष विनयराज पाण्डे र महाविद्यालयका सम्पर्क अधिकृत तथा प्रमुख सेनानी अनुप शाह लगायतको उपस्थिति रहेको थियो ।

    प्रमुख अतिथि र अतिथिहरुले खेलाडीलाई पुरस्कार वितरण गर्दै थप प्रगतिको लागि प्रोत्साहित गरेका थिए । प्रतियोगितामा १४ वटा विद्यालय सहभागी रहेका सैनिक आवासीय महाविद्यालयका रंजित राणाले भक्तपुर पोस्टलाई जानकारी गराए ।

    भक्तपुर पोस्टको फेसबुक पेज लाइक गर्नु भयो ?

    प्रतिकृया दिनुहोस्

    शोकमा रहेका डा लम्साललाई राहत, सचिवमा पदोन्नति गर्ने सरकारको निर्णय

    शिक्षा सेवाका सहसचिव डा हरि लम्सालको सचिवमा पदोन्नति भएको छ । स्याङ्जा स्थायी घर भइ...

    आजबाट एसईई शुरु, बेमौसमी वर्षाले परीक्षार्थी बिरामी हुने जोखिम

    भक्तपुर । माध्यमिक शिक्षा उतीर्ण परीक्षा एसईई(कक्षा-१०) आज बिहीवारबाट शुरु भएको छ । एसईईको पहिलो...

    जनप्रतिनिधि पार्टी नभई जनता केन्द्रीत हुनुपर्नेमा सांसद थापाको जोड

    भक्तपुरका प्रतिनिधि सभा सदस्य सांसद दुर्लभ थापाले जनप्रतिनिधिहरुले पार्टीको नभई जनताको आश्यकता हेरेर काम गर्नुपर्नेमा...

    मध्यपुर थिमिको बोडेमा चैत २६ गते धिमे प्रतियोगितासंगै सांस्कृतिक मेला र मिनी फुड फेस्टिवल

    भक्तपुरको मध्यपुर थिमिस्थित प्राचिन शहर बोडेमा उपत्यकाब्यापी धिमे बाजा प्रतियोगिता तथा सांस्कृतिक मेला हुने भएको...

    ललितपुरमा २ युवाको हत्या आरोपी ४ सार्वजनिक

    ललितपुर । ललितपुरको ढोलाहिटीमा दुई युवाको हत्या भएको घटनामा संलग्न भएका आरोपीहरूलाई प्रहरीले सार्वजनिक गरेको...