News Portal

  • आफ्ना बालबालिकालाई दादुरा रुबेला बिरुद्धको खोप लगाउनुभयो ?

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ४ चैत
    १६२७ पटक
    भक्तपुर, ४ चैत

    सरकारले दादुरा रुवेला खोप अभियान संचालन गरिरहेको छ । सन् २०२३ भित्रमा नेपाललाई दादुरा रुवेला मुक्त बनाउने लक्ष अनुरुप अभियान संचालन गरिएको हो ।

    यस अभियान अन्तर्गत चैत ३ गतेदेखि भक्तपुरमा पनि बालबालिकालाई यस रोग बिरुद्धको खोप लगाउन शुरु गरिएको छ । जिल्लाका ४ वटै नगरपालिकाका संचालित खोप अभियान चैत ११ गते सम्म चल्नेछ ।

    ९ महिनादेखि ५ वर्षसम्मका बालवालिकालाई निःशुल्क खोप लगाइरहेको जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ । देशभर ३० लाख बालबालिकालाई खोप लगाइने लक्ष राखिएको अभियान अन्तर्गत भक्तपुरमा ३० हजार बढी बालबालिकालाई खोप लगाइने बताइएको छ ।

    युनिसेफका अनुसार दादुरा अति छिटो सर्ने संक्रामक रोग हो, जुन मिजल्स भाईरसको कारणबाट हुन्छ । रुबेला पनि भाइरस (रुवेला भाईरस) कै कारणवाट हुने दादुरा जस्तै देखिने संक्रामक रोग हो । यी रोगहरू सामन्यतया ५ वर्ष मुनिका बालबालिकामा धेरै लाग्दछ र छिट्टै महामारीको रुप पनि लिन सक्दछ । बालबालिकामा दादुराको संक्रमण भएमा गम्भिर प्रकारका जटिलताहरू हुनका साथै मृत्यु समेत हुन सक्छ ।

    त्यसैले यो रोगबाट बचाउन नियमित खोप मार्फत बालबालिकालाई ९ र १५ महिनाको उमेरमा दादुरा–रुबेला खोपको दुई मात्रा लगाउनु पर्दछ । यदि सबैै बालबालिका ९ र १५ महिना गरी दाुदरा–रुबेलाको गुणस्तरीय खोपको दुई मात्रा दिएमा यो रोग पूर्णरुपमा नियन्त्रण र निवारण गर्न सकिन्छ ।

    दक्षिण पूर्वी एसियामा सन् २०२३ सम्ममा दादुरा रुबेला रोग निवारण गर्ने लक्ष्य बमोजिम नेपाल सरकारले पनि सोहि अनुसार सन् २०२३ सम्ममा दादुरा र रुबेला रोग निवारण गरी सबै बालबालिकाको स्वास्थ्य रक्षा गर्ने लक्ष्य राखेको छ । त्यसैले आफ्ना बालवालिकालाई दादुरा रुबेला बिरुद्धको खोप लगाउन नबिर्सौं ।

    प्रतिकृया दिनुहोस्

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...

    भक्तपुरमा दिनदहाडै बाघको आक्रमणबाट बालिका घाइते

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ४ साङदह स्थित मामाघरमा बस्दै आएकी एक बालिका बाघको आक्रमण...