News Portal

  • राधेराधेस्थित १७ तले भवनमा आपतकालिन खाद्यान्न स्टोर्स राख्न मन्त्रालयमा प्रस्ताव

    भक्तपुरपोष्ट संवाददाता१७ चैत २०७६
    १३४२ पटक
    १७ चैत २०७६

    भक्तपुर । बन्दाबन्दी (लकडाउन)को कारण खाद्यान्न अभाव हुन नदिन मध्यपुरथिमि नगरपालिकाकाे राधेराधेस्थित १७ तले खाली भवनलाइ खाद्यान्न भण्डारण स्थलकाे रुपमा प्रस्ताव गरिएको छ ।भक्तपुरमा खाद्यान्न अभाव भएमा जिल्लाका चारैवटा नगरपालिकालाइ वितरण गर्ने गरी खाद्य भण्डारण गर्न प्रस्ताव गरिएको हो ।

    उक्त भवनमा अत्यावश्यक खाद्यान्नहरु भण्डारण गर्ने र अभाव भएमा जिल्लाका चारैवटै नगरपालिकामा वितरण गर्नेगरी उदेश्य राखिएकाे प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बताइन् । गृह मन्त्रालयमा सोको स्वीकृतिको लागि लेखि पठाइएको समेत उनको भनाइ छ ।

    भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेकाे नेतृत्वमा सबै सुरक्षा निकायका जिल्ला प्रमुखहरुले अनुगमन गरी खाद्यान्न भण्डारका लागि उक्त भवन उपयुक्त रहेको ठहर गरेको नेपाल प्रहरीका भक्तपुर जिल्ला प्रमुख रहेका एसपी सविन प्रधानले जानकारी गराए ।

    जिल्ला सुरक्षा समितिले भवन छनोट गरेपछि घरधनी विष्णुप्रसाद न्यौपानेले  स्वीकृति दिएका छन् । राधेराधेमा रहेको प्रयोगविहीन १७ तले भवन हालको सङ्कटको समयमा प्रयोग गर्न माग गर्दा न्यौपानेले विपदमा निःशुल्क प्रयोग गर्नेगरी उपलब्ध गराएका एसपी प्रधानले बताए । साे प्रस्तावित स्टोर्सको सांसद महेश बस्नेत लगायत जनप्रतिनिधिले समेत अवलोकन गरेका छन्  ।

    ”मानिसहरुमा सस्तो मूल्य पसल खुल्न लागेको हो कि भन्ने पनि छ । त्यस्तो होइन, हामीले भक्तपुरमा अभावको स्थिति नहोस् भनेर भण्डारण स्थल राख्न प्रस्ताव गरेका हौँ ।” एसपी सविन प्रधानले भक्तपुर पोस्टसंग भने । यो शुरुवाती प्रक्रिया मात्र भएको र गृहबाट स्वीकृती पाएपछि कामले गति लिने उनले जानकारी गराए ।

     

    प्रतिकृया दिनुहोस्

    नेपाल एरा ऐकेडेमी बन्द गर्न सूर्यविनायकका १३ संस्थागत विद्यालय संचालकहरुको माग

    सूर्यविनायक-८ दार्जिलिङ हाइटस्थित नेपाल एरा ऐकेडेमी गैरकानुनी रूपमा संचालन गरिएको सरोकारवालाले जानकारी गराएका छन् ।...

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...