News Portal

  • नगर प्रमुखलाई पछ्याउदौ उपप्रमुख बस्नेत : बस्नेतले पनि घर भाडा नलिने

    भक्तपुरपोस्ट संवाददाता सूर्यविनायक, २३ चैत
    १८३० पटक
    सूर्यविनायक, २३ चैत

    सूर्यबिनायक नगरपालिका प्रमुख बासुदेव थापालाई पछ्याउदै उप प्रमुख जुना बस्नेतले पनि आफ्नो घरमा भाडा लिएर बसिरहेका डेरावालको भाडा नलिने भएकी छन् ।

    उपप्रमुख बस्नेतले आफ्नो सूर्यविनायक नगरपालिका वडा नम्बर २ स्थित निजी निवासमा २ फ्ल्याट भाडामा लगाएकी छन् । आइतवार उनले आफ्नो घरमा डेरा गरी बस्नेहरुको एक महिनाको भाडा नलिने बताएकी हुन् ।

    ”नेपाल सरकारले घरधनीलाई भाडा नलिन अनुरोध गरे अनुरूप चैत्र महिनाको घरभाडा नलिने निर्णय गरेकाे छु ।” उनले भनिन् । यस अघि शनिवार सूर्यविनायकका मेयर बासुदेव थापाले काठमाडौ ३१ स्थित आफ्नो घरमा भाडामा लगाएका छ फल्याटको भाडा नलिने घोषणा गरिसकेका छन् । त्यतिमात्र होइन, मेयर थापाले भक्तपुर पोस्टसंग कुरा गर्दै  आफ्नो नगर भित्र पनि सक्ने घरधनीले मन खोल्न र १ महिनाको भाडा मिनाहा गर्न समेत अपिल गरेका छन् ।

    मेयर र उपमेयरलाई पछ्याउदै सूर्यविनायक नगर भित्रका कतिजना घरधनीले घरभाडा नलिने निर्णय लिन्छन् त्यो भने हेर्न बाँकी नै छ ।

    कोभिड१९ का कारण देश बन्दाबन्दीमा रहेको र यस संकटको घडीमा डेरावालसंग भाडा नलिन सरकारले घरधनीलाई अपिल गरेको छ भने दैनिक ज्यालामजदुरी गरि खाने विपन्न र असहायहरूलाई स्थानीय सरकार मार्फत राहत उपलब्ध गराउदै आएको छ । कोभिड१९ ले नेपालमा संक्रमितमार्फत एक स्थानीयलाई समेत संक्रमित बनाएकोले यो दोश्रो चरणमा प्रवेश गरेको आशंका गरिएको छ । यसलाई महामारीको रुप हुनबाट रोक्न सरकारले बन्दाबन्दीलाई अझ कडाइ गर्दै एक स्थानीय तहबाट अर्कोमा प्रवेश निषेधको निर्णय लिएको छ ।

    प्रतिकृया दिनुहोस्

    नेपाल एरा ऐकेडेमी बन्द गर्न सूर्यविनायकका १३ संस्थागत विद्यालय संचालकहरुको माग

    सूर्यविनायक-८ दार्जिलिङ हाइटस्थित नेपाल एरा ऐकेडेमी गैरकानुनी रूपमा संचालन गरिएको सरोकारवालाले जानकारी गराएका छन् ।...

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...