News Portal

  • खरिपाटी क्‍वारेन्टाइनमा राखिएका ९४ जनाकाे रिपोर्टमा कोरोना नेगेटिभ

    भक्तपुरपोस्ट संवाददाता चाँगुनारायण, २३ चैत
    ८६१ पटक
    चाँगुनारायण, २३ चैत

    खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा रहेकाे क्‍वारेन्टाइनमा राखिएका ९४ जनाकाे कोरोना नेगेटिभ देखिएको छ । यहाँ रहेका ९४ जनामा नै कोरोना भाइरस देखिएको छैन ।

    आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित पत्रकार सम्मेलन मार्फत उक्त रिपोर्टबारे जानकारी गराएका हुन् । ‘खरिपाटी क्‍वारेन्टाइनमा रहेका सबै ९४ जनाकाे रिपोर्ट नेगेटिभ आएको छ।’ डा देवकोटाले भने ।

    अन्तराष्ट्रिय उडानमा प्रतिबन्ध लगाएपनि जवर्जस्ती नेपाल आएका उनीहरुलाई खरीपाटी क्वारेन्टाइनमा राखिएको थियो ।चीनबाट उद्धार गरिएकाकै जस्तोगरी उनीहरुलाई राखिएको थियो । शुरुमा बस्न नमाने पनि त्यहाँको व्यवस्थापन देखेर पछि खुशीसाथ उनीहरु बसेका भक्तपुर सिडिओ हुमकला पाण्डेले बताइन् । ”उहाँहरुको रिपोर्टमा कोरोना नदेखिनु खुशीको समाचार हो ।” उनले भनिन् ।

    टेकुस्थित जनस्वास्थ्य प्रयोगशालामा उनीहरुको स्वाब परीक्षणका लागि लगिएको थियो । सबैको नमूना परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि उनीहरुसंग जोडिएका क्वारेन्टाइनका स्वास्थ्यकर्मीहरु समेत सुरक्षित देखिएका छन् । यस अघि पनि चीनबाट उद्दार गरी ल्याएका सबै नै सुरक्षित देखिएका थिए । यद्यपी थप २ काे रिपाेर्ट आउन बाँकी छ ।

    सच्याइएकाे : ९४ जना हुनुपर्नेमा अन्यथा भएकाेले सच्याइएकाे छ ।

    थप बुझ्न याे समाचार हेर्नुस् ।

    रोकियो खरीपाटी क्वारेन्टाइनका २ जनाको रिपोर्ट : कोरोना पोजेटिभ नदेखिएको दावी

     

     

     

    प्रतिकृया दिनुहोस्

    भक्तपुर अस्पतालमा करार सेवाको जागिरका लागि ३ दर्जन बढी डाक्टरको आवेदन

    भक्तपुर अस्पतालमा करार सेवाको जागिरका लागि ३ दर्जन बढी डाक्टरले आवेदन दिएका छन् । पदपूर्तीका...

    पत्रकार थापालाई पितृशोक

    नेपाल पत्रकार महासंघ भक्तपुरकी पूर्व उपाध्यक्ष एवं गोरखापत्र दैनिककी फोटो पत्रकार कविता थापालाई पितृशोक परेको...

    महाजात्राले कमायो २६ करोड ६५ लाख

    mahajatra safalta ghimire

    काठमाडौँ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको...

    क्यानडामा विदेशी विद्यार्थीलाई घर जग्गा किन्न प्रतिबन्ध

    विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ । समाचार अनुसार यसअघि जनवरी १,...

    आज पनि भिटामिन ‘ए’ खुवाइँदै

    के तपाईले आफ्नो ५ वर्ष मुनिका बच्चालाई ‘भिटामिन ए’ क्याप्सुल ख्वाउनुभयो ? ६ महिनादेखि ५...