News Portal

  • रोकियो खरीपाटी क्वारेन्टाइनका २ जनाको रिपोर्ट : कोरोना पोजेटिभ नदेखिएको दावी

    संजीप शुभचिन्तक चागुँनारायण, २३ चैत
    ४०२५ पटक
    चागुँनारायण, २३ चैत

    फाइल फाेटो

    खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा बनाइएकाे क्वारेन्टाइनमा ९६ जनालाई राखिएकाे छ । क्वारेन्टाइनबाट ९६ जनाकै नाक र घाँटीको स्वाब संकलन गरेर कोरोना भाइरस (काेभिड १९) परीक्षणका लागि पठाइएकाे भएपनि टेकुले ९४ जनालाई मात्र कोरोना नेगेटिभ पुष्टि गरेको छ ।

    आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित पत्रकार सम्मेलन मार्फत भने, ‘खरिपाटी क्‍वारेन्टाइनमा रहेका सबै ९४ जनाकाे रिपोर्ट नेगेटिभ आएको छ।’ नमूना पठाइएकाे ९६ भएपनि क्‍वारेन्टाइनमा राखिएका ९४ जनाकाे मात्र रिपोर्ट सार्वजनिक भएपछि शंका उठ्नु स्वाभाविक नै हो । कतै २ जनामा कोरोना पोजेटिभ त देखिएन ?

    भक्तपुर पोस्टले यसबारे राखेको जिज्ञासामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले २ जनाको रिपोर्ट आउँन नसकेको उल्लेख गरे ।” स्वाब संकलन गर्दा मात्रा नपुगेको कारण २ जनाको रिपोर्ट नआएको हो । यसमा शंका मान्नुपर्ने अवस्था छैन ।” भक्तपुर पोस्टसंग उनले भने ।

    भक्तपुर पोस्ट श्रोतले समेत डा. देवकोटाको भनाइलाई पुष्टि गरेको छ । श्रोतको अनुसार २ जनामा कोरोना पोजेटिभ देखिएर पुन:परीक्षण गर्न खोजिएको होइन । भिटिएम परीक्षणको क्रममा आवस्यक मात्रा नपुगेपछि २ जनाको रिपोर्ट स्थगित भएको हो । ”आजै उनीहरुको स्वाब संकलन गरी पुन:परीक्षणका लागि पठाइएको छ । सम्भवत: भोली नै रिपोर्ट आउँन सक्छ ।” श्रोतले भन्यो ।

    अन्तराष्ट्रिय उडानमा प्रतिबन्ध लगाइएपछि पनि जवर्जस्ती नेपाल आएका ९६ जनालाई खरीपाटी क्वारेन्टाइनमा राखिएको छ । खरीपाटीमा शुरुमा ७३ जना थिए पछि २३ जना थपिएर अहिले ९६ जनालाई राखिएको छ । चीनबाट उद्धार गरिएकाकै जस्तोगरी उनीहरुलाई राखिएको छ । शुरुमा बस्न नमान्नेहरु अहिले त्यहाँको व्यवस्थापन देखेर खुशी छन् ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...