News Portal

  • मध्यपुर थिमिको कोरोना कोषमा ५ करोड

    बाबुकाजि श्रेष्ठ/ भक्तपुर पोस्टमध्यपुर थिमि, २ बैशाख
    ११२१ पटक
    मध्यपुर थिमि, २ बैशाख

    मध्यपुर थिमि नगरपालिकाले कोरोना रोकथाम र नियन्त्रण लागि कोरोना कोष खडा गरेको छ । उक्त कोषमा ५ करोड राखिएको छ ।

    नगर प्रमुख मदन सुन्दर श्रेष्ठले जानकारी गराए अनुसार २ करोड नगरपालिका द्वारा संचालित नेपाल कोरिया मैत्री नगर अस्पतालको कोरोना बिरुद्ध स्तरोन्नतीमा खर्च गर्ने र बाँकी अन्य आवस्यक कार्यमा खर्च गर्ने उदेश्य रहेको छ । कोरोना बिरुद्ध मध्यपुरले योजनावद्ध काम गरिरहेको जिकिर गर्दै प्रमुख श्रेष्ठले कोरोनालाई जित्न सामुहिक सहयोगका लागि अपिल समेत गरे ।

    उनले प्रत्येक वडामा पाँच लाखको दरले राहत बाढिएको समेत बताए । त्यसैगरी प्रत्येक वडामा औषधी छर्कने कार्य पनि भएको उनको भनाइ छ ।

    प्रमुख श्रेष्ठले मध्यपुर थिमि नगरपालिकाद्वारा संचालित अस्पतालमा सोह्र बेडको आइसोलेसन कक्ष रहेको जानकारी दिए । उनका अनुसार अस्पतालको लागि २ वटा नयाँ भेन्टिलेटर समेत खरीद गरिएको छ र अब अस्पतालमा भेन्टिलेटरको संख्या ४ पुगेको छ । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका नगर प्रमुख श्रेष्ठले अस्पतालमा १ सय पीपीई रहेको तथा ल्याबमा कोरोनाको टेस्ट समेत हुने गरेको जानकारी गराए ।

    उनका अनुसार नगरपालिकाले विदेशबाट पछिल्लो समय नगरभित्र आइ बसेका पन्ध्र देशका ५३ जनाको नमूना सङ्कलन गरी परीक्षण गर्दा सबैको नतिजा कोरोना नेगेटिभ आएको छ । ६५ जनाको पहिचान भएकोमा केहि गाउँ फर्केका र केहि सेल्फ क्वारेन्टाइनमा रहेका उनको भानाइ छ । अन्यको पनि निशुल्क कोरोना परीक्षण गरिने उनले बताए ।

    नगरप्रमुख श्रेष्ठले पत्रकार सम्मेलन मार्फत उक्त कुरा सार्वजनिक गरेका हुन् ।उक्त अवसरमा अस्पतालका कार्यकारी निर्देशक प्रा डा ज्ञानकृष्ण कायस्थ,मेडिकल निर्देशक डा रोशन, नगरपालिकाका कानुन अधिकृत केशब सिलवाल लगायतको सहभागिता रहेको थियो ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...

    नेपाल एरा ऐकेडेमी बन्द गर्न सूर्यविनायकका १३ संस्थागत विद्यालय संचालकहरुको माग

    सूर्यविनायक-८ दार्जिलिङ हाइटस्थित नेपाल एरा ऐकेडेमी गैरकानुनी रूपमा संचालन गरिएको सरोकारवालाले जानकारी गराएका छन् ।...

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...