News Portal

  • भक्तपुरस्थित २ मस्जिदमा रहेका मुस्लिमहरुमा कोरोना देखिएन

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ६ वैशाख, २०७७
    २३७४ पटक
    भक्तपुर, ६ वैशाख, २०७७

    भक्तपुरस्थित २ मस्जिदमा रहेका मुस्लिमहरुको कोरोना परीक्षण गरिएको छ । पछिल्लो समय बीरगंज र उदयपुर लगायतका जिल्लामा मस्जिदमा रहेका मुस्लिमहरुमा कोरोना देखिएपछि भक्तपुर प्रशासनको पहलमा उनीहरुको कोरोना परीक्षण गरिएको हो ।

    भक्तपुर सिडिओ हुमकला पाण्डेका अनुसार शनिवार भक्तपुरका २ वटा मस्जिद र एक मदरसामा रहेका ८ जनाको कोरोना परीक्षण गर्दा उनीहरुको रिपोर्टमा कोरोना नेगेटिभ देखिएको छ । भक्तपुर प्रहरीको समन्वयमा भक्तपुर अस्पतालको रेस्क्यु टोलीले उनीहरुलाई मस्जिदबाट अस्पताल ल्याएर कोरोना टेस्ट गरेको प्रजिअ पाण्डेले प्रष्ट पारिन् ।

    महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख रहेका प्रहरी उपरीक्षक सविन प्रधानले भक्तपुर नगरपालिकाको हनुमानघाटस्थित जामे मस्जिदमा नै छ जना मुस्लिम जमाती रहेका जानकारी गराए । थप २ लाइ भने बाेडेस्थित जनी उपर मासअल्लाह मस्जिद र जरै अरकम मदरसाबाट ल्याएर कोरोना परीक्षण गरिएकाे उनले बताए ।  ”चिन्ता मान्नु पर्ने अवस्था छैन, उहाँहरु सबैमा कोरोना नेगेटिभ देखिएको छ ।” भक्तपुर पोस्टसंग एसपी प्रधानले भने । दिल्लीमा भएको एक धार्मिक सभामा सहभागी मुस्लिम समुदायमा कोरोना देखिएपछि निश्चिन्त हुन भक्तपुर प्रशासनले भक्तपुर भित्र रहेका मस्जिदमा आश्रय लिएर बसिरहेकाहरुको कोरोना टेस्ट गरेको बताइएको छ ।

    उनीहरु मध्ये २ जना पछिल्लो समय काेराेना पाेजेटिभ देखिएका मुस्लिम तबलिगी जमातिहरुसंगै धार्मिक सभामा सहभागी भइ फर्केकाहरु रहेका पाइएपछि सबैकाे कोरोना परीक्षण गरिएकाे एसपी प्रधानले जानकारी गराए ।

    भक्तपुर अस्पतालको मेडिकल सुपरिटेण्डेण्ट डा सुमित्रा गौतमले मस्जिदबाट ल्याइएकाहरुको कोरोना टेस्ट गर्दा उनीहरुमा कोरोना नदेखिएको पुष्टि गरिन् । उनका अनुसार आरडिटि बाट उनीहरुको कोरोना टेस्ट गरिएको हो । डा गौतमका अनुसार भक्तपुर अस्पतालले आरडिटि र पिसिआर गरी हालसम्म ४ सय टेस्ट गरिसकेको छ ।जसमा, १० वटाको रिपोर्ट आउँन बाँकी छ भने रिपोर्ट आएकाहरु सबै सेफ जोनमा छन् । अर्थात, प्राप्त सबै रिपोर्टमा कोरोना नेगेटिभ देखिएको छ ।

    प्रतिकृया दिनुहोस्

    पत्रकार थापालाई पितृशोक

    नेपाल पत्रकार महासंघ भक्तपुरकी पूर्व उपाध्यक्ष एवं गोरखापत्र दैनिककी फोटो पत्रकार कविता थापालाई पितृशोक परेको...

    महाजात्राले कमायो २६ करोड ६५ लाख

    mahajatra safalta ghimire

    काठमाडौँ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको...

    क्यानडामा विदेशी विद्यार्थीलाई घर जग्गा किन्न प्रतिबन्ध

    विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ । समाचार अनुसार यसअघि जनवरी १,...

    आज पनि भिटामिन ‘ए’ खुवाइँदै

    के तपाईले आफ्नो ५ वर्ष मुनिका बच्चालाई ‘भिटामिन ए’ क्याप्सुल ख्वाउनुभयो ? ६ महिनादेखि ५...

    इनार, ढुंगेधारा र पोखरीहरुको श्रोत संरक्षणमा सरकारले ध्यान दिनुपर्ने

    लालितपुर,  ६ बैशाख २०८१ । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १९ औं वार्षिकोत्सवमा भक्तपुर नगरपालिकाका...