News Portal

  • विद्यालय पुनर्निर्माण गर्न भारतद्वारा २ अर्ब ९५ करोड सहयोग

    भक्तपुरपोष्ट संवाददाता२७ जेठ २०७७
    ७८५ पटक
    २७ जेठ २०७७

    काठमाडौँ । भारत सरकारले नेपालका ७ जिल्लाका ५६ विद्यालय पुर्निर्माण गर्नका लागि २ अर्ब ९५ करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।

    नेपालमा भूकम्प पश्चातको पुनर्निर्माण कार्यक्रम अन्तर्गत भारत सरकारको करिब ३ अर्ब रुपैयाँको आर्थिक सहयोगमा ७ जिल्लाका ५६ वटा विद्यालयहरुको पुनःनिर्माण गर्न लागेको हो ।

    भारतीय दूतावासद्वारा जारी विज्ञप्ती अनुसार नेपालका गोरखा, नुवाकोट, धादिङ, दोलखा, काभ्रेपलाञ्चोक, रामेछाप र सिन्धुपाल्चोक जिल्लामा ५६ वटा माध्यमिक विद्यालयको पुनःनिर्माण गर्न भारतीय दूतावास र नेपाल सरकार शिक्षा मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइ(शिक्षा)ले ७ वटा सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

    यी विद्यालयहरु नेपाल सरकारले तोकेको मापदण्ड अनुरुप पुनर्निर्माण हुने दूतावासले जनाएको छ ।

    पुनर्निर्माण हुने विद्यालयमा शैक्षिकभवन, कक्षाकोठा, फर्निचर र छात्र तथा छात्राका लागि छुट्टै सरसफाइको सुविधा रहने दुतावासले जनाएको छ । दुतावासका अनुसार भूकम्पप्रतिरोधी संरचनापुनर्निर्माणको क्षेत्रमाभारतकै प्रमुख संस्थान केन्द्रीयभवन अनुसन्धान संस्थान, रुड्कीले यी विद्यालयहरुको पुनःनिर्माणको लागि प्राविधिक सहयोग प्रदान गर्ने छ ।

    भूकम्प पश्चात्को पुनर्निर्माण परियोजनालगायत नेपालको सामाजिक–आर्थिक विकासका लागि नेपाल सरकार र यसका निकायहरुसँगको सहकार्यलाई निरन्तरता दिन भारत सरकार प्रतिबद्घ रहेको दुतावासले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर अस्पतालमा करार सेवाको जागिरका लागि ३ दर्जन बढी डाक्टरको आवेदन

    भक्तपुर अस्पतालमा करार सेवाको जागिरका लागि ३ दर्जन बढी डाक्टरले आवेदन दिएका छन् । पदपूर्तीका...

    पत्रकार थापालाई पितृशोक

    नेपाल पत्रकार महासंघ भक्तपुरकी पूर्व उपाध्यक्ष एवं गोरखापत्र दैनिककी फोटो पत्रकार कविता थापालाई पितृशोक परेको...

    महाजात्राले कमायो २६ करोड ६५ लाख

    mahajatra safalta ghimire

    काठमाडौँ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको...

    क्यानडामा विदेशी विद्यार्थीलाई घर जग्गा किन्न प्रतिबन्ध

    विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ । समाचार अनुसार यसअघि जनवरी १,...

    आज पनि भिटामिन ‘ए’ खुवाइँदै

    के तपाईले आफ्नो ५ वर्ष मुनिका बच्चालाई ‘भिटामिन ए’ क्याप्सुल ख्वाउनुभयो ? ६ महिनादेखि ५...