News Portal

  • सीटीईभीटीका नव नियुक्त उपाध्यक्ष अधिकारीद्वारा पदभार ग्रहण

    भक्तपुरपोस्ट संवाददाता सानाेठिमी, ९ असार
    २८९२ पटक
    सानाेठिमी, ९ असार

    प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद(सीटीईभीटी) का नव नियुक्त उपाध्यक्ष खगेन्द्र प्रसाद अधिकारीले पदभार ग्रहण गरेका छन् । सोमबार उनले सीटीईभीटीको सानोठिमीस्थित कार्यालयमा पदभार ग्रहण गरेका हुन् ।

    प्रा डा कुलबहादुर बस्नेतको कार्यकाल पुरा भएपछि रिक्त उपाध्यक्ष पदमा लामो समय सम्म नियुक्ति हुन सकेको थिएन । असार २ गते बसेको मन्त्रिपरिषद बैठकले अधिकारीलाई सीटीईभीटीको उपाध्यक्षमा नियुक्त गरेको हाे । अधिकारी निजी प्राविधिक शिक्षालयहरुको छाता संगठन फोरम फर हेल्थ एण्ड टेक्निकल साईन्सका निवर्तमान अध्यक्षसमेत हुन् । झापा स्थायी घर भएका अधिकारी प्रधानमन्त्री केपी शर्मा ओली निकट मानिन्छन् ।

    सोमबार पदभार ग्रहण पछि उपाध्यक्ष अधिकारीले सीटीईभीटीद्वारा आयोजित स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै सीटीईभीटीलाई कमजोर पार्न भइरहेका क्रियाकलापप्रति आफू जानकार रहेको र यसको गुणस्तरमा सुधार गरी ति सबै कुटिल क्रियाकलापलाई निस्तेज गर्ने बताएका थिए । उनले परिषद् भित्र कर्मचारीहरुबीच एकताको भाव पैदा गराउँदै अनियमितता अन्त्य गर्ने र विगतका कमजोरीबाट शिक्षा लिएर नयाँ शिराबाट परिषदलाई माथि उठाउने प्रतिबद्धता समेत प्रकट गरे ।

    कार्यक्रममा सदस्य सचिव डा. पुष्परमण वाग्लेले आफ्नो भित्री स्वार्थ पूरा गर्न सदस्य सचिव र उपाध्यक्ष बीच कार्यमा अन्तरविरोध सृजना गराउने जुनसुकै क्रियाकलापहरूलाई मिलेर सबक सिकाउनु पर्ने आवश्यकता औल्याएका थिए भने अन्य बक्ताहरुले उपाध्यक्षको कार्यकाल अविष्मरणीय रहने विश्वास व्यक्त गरेका थिए । प्रशासन निर्देशक जीवनारायण काफ्लेले स्वागत मन्तव्य राखेका उक्त कार्यक्रमको संचालन भने उप निर्देशक रोहित दहालले गरेका थिए।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिको सिन्दुर जात्रा र जिब्रो छेड्ने जात्रा सम्पन्न, सुजनले दोश्रो पटक छेडे जिब्रो

    भक्तपुरको मध्यपुर थिमि नगरमा सिन्दुर जात्रा सम्पन्न भएको छ । बिस्का जात्राकै अवसरमा मध्यपुरमा बैशाख...

    महोत्सव समापनमा भक्तपुरका पत्रकार ढकाललाई सम्मान

    भक्तपुर । जिल्लामा लामो समयदेखि पत्रकारितामा क्रियाशील रहेका पत्रकार हेमराज ढकाल सम्मानित भएका छन् ।...

    लेखक खाइजूको भोगाइमा आधारित यमलोक यात्रा सार्वजनिक

    लेखक श्रीराम खाइजूको सातौं कृति  सार्वजनिक भएको छ ।  खाइजूको आफ्नै जीवन संस्मरण समेटिएको पुस्तक...

    सडकमा उत्रियो गठ्ठाघरको नवदुर्गा महिला समुह

    सरसफाइ केन्द्रीत अभियान चलाइरहेको राष्ट्रको लागि दुई घण्टा अभियान लोकप्रिय बन्दै जाँदा भक्तपुरमा सरसफाइ अभियानकै...

    सार्वजनिक स्थल सफाइमा सक्रिय हुँदै गठ्ठाघरको नवदुर्गा महिला समुह

    सरसफाइ केन्द्रीत अभियान चलाइरहेको राष्ट्रको लागि दुई घण्टा अभियान लोकप्रिय बन्दै जाँदा भक्तपुरमा सरसफाइ अभियानकै...