News Portal

  • भक्तपुरमा व्यक्ति हत्याको आरोपमा सिन्धुलीका एक युवक पक्राउ

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १६ असार
    १५५५ पटक
    भक्तपुर, १६ असार

    भक्तपुर प्रहरीले व्यक्ति हत्याको आरोपमा एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुलीको तिनपाटन गाउँपालिका लाम्पान्टार घर भई हाल भक्तपुर ४ गहिटी बस्ने ईन्द्र बहादुर तामाङ रहेका छन् ।

    ज्याला मजदुरी काम गर्ने ३० वर्षीय तामाङले जडिबुटी नामले चिनिने कृष्ण तामाङको हत्या गरेको आरोप लागेको छ । सोमबार गहिटी स्थित सार्वजनिक पाटीमा अन्दाजी बर्ष ४५ को जडिबुटी उपनामले चिनिने कृष्ण तामाङ मृत अवस्थामा फेला परेका थिए । अपराध अनुसन्धानमा जुटेको प्रहरीले ईन्द्र बहादुरलाई हत्या आरोपमा पक्राउ गरेको हो ।

    महानगरीय प्रहरी परिसर भक्तपुरका इन्स्पेक्टर भगवती तिमल्सिना र अपराध महाशाखाबाट आएका अर्का इन्स्पेक्टर किशोर ढुंगानाको संयुक्त अनुसन्धान टोलीले घटनास्थलमा खटी गई अनुसन्धान गर्दा मृतकको टाउको, निधार र चिउडोमा चोट लागेको देखिएकोले कर्तब्य गरी मारिएको प्रारम्भिक अनुसन्धान गरेका थिए । अभियुक्तलाई खोजतलास गर्ने क्रममा ३०वर्षीय ईन्द्र बहादुर तामाङ पक्राउ परेका हुन् । आपसी विवाद हुँदा ढुंगाले टाउकोमा प्रहार गरी कर्तब्य गरी मारेको भन्ने खुल्न आएको हुँदा उनलाई पक्राउ गरीएको प्रहरीको भनाइ छ ।

    पक्राउ परेका ईन्द्र बहादुरलाई महानगरीय प्रहरी परिसर, भक्तपुरमा राखी थप अनुसन्धान कार्य भईरहेको डिएसपी दिपक गिरीले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...

    भक्तपुरमा दिनदहाडै बाघको आक्रमणबाट बालिका घाइते

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ४ साङदह स्थित मामाघरमा बस्दै आएकी एक बालिका बाघको आक्रमण...

    भक्तपुरका सफल व्यवसायी एवं समाजसेवी कासिछ्वालाई मातृशोक

    भक्तपुरका सफल व्यवसायी, युवा समाजसेवी, स्वतन्त्र अभियन्ता एवं खेलाडी श्रीभक्त कासिछ्वालाई मातृशोक परेको छ ।...