News Portal

  • शिक्षकको हत्यामा संलग्न अभियुक्त ११ वर्षपछि पक्राउ

    बारा, २३ असार
    ९०० पटक
    बारा, २३ असार

    शिक्षकको हत्यामा संलग्न रही ११ वर्षदेखि फरार रहेका अभियुक्त कलैया उपमहानगरपालिका-१८ बस्ने ४४ वर्षीय नन्दु बैठा (तिलक) लाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

    नन्दु लगायतका व्यक्तिहरुले २०६६ वैशाख १७ गते बारा साबिक फेटा गाविस-१ स्थित नेरामावि फेटाका शिक्षक प्रदिप कुमार तिमिल्सीनालाई विद्यालयबाट घर फर्किने क्रममा सोही ठाँउस्थित सडकमा गोली प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको थियो । हत्या पछि मुख्य अभियुक्त नन्दु हालसम्म फरार रहेका थिए । हत्यामा संलग्न व्यक्तिहरुको खोजी गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले आफ्नै गाउँघरमा लुकिछिपी बसेको अवस्थामा फेला पारी नन्दुलाई पक्राउ गरेको हो ।

    साथै हत्यामा संलग्न बारा गंजभवानीपुर बस्ने अग्नि भनिने सुनिल जैसवाल (अग्नी) लाई २०७० साउन २४ गते र बारा साविक फेटा गाविस-१ बस्ने बिजय पटेललाई २०७३ पुस २२ गते प्रहरीले पक्राउ गरी जिल्ला अदालतमा पेश गरेकोमा सुनिललाई सर्वस्व सहित जन्म कैद सजाय र विजयलाई पुर्पक्षमा कारागार कार्यालय वीरगंजमा रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

    नन्दुलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत बारामा पेश गरिएको उक्त कार्यालयले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर अस्पतालमा करार सेवाको जागिरका लागि ३ दर्जन बढी डाक्टरको आवेदन

    भक्तपुर अस्पतालमा करार सेवाको जागिरका लागि ३ दर्जन बढी डाक्टरले आवेदन दिएका छन् । पदपूर्तीका...

    पत्रकार थापालाई पितृशोक

    नेपाल पत्रकार महासंघ भक्तपुरकी पूर्व उपाध्यक्ष एवं गोरखापत्र दैनिककी फोटो पत्रकार कविता थापालाई पितृशोक परेको...

    महाजात्राले कमायो २६ करोड ६५ लाख

    mahajatra safalta ghimire

    काठमाडौँ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको...

    क्यानडामा विदेशी विद्यार्थीलाई घर जग्गा किन्न प्रतिबन्ध

    विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ । समाचार अनुसार यसअघि जनवरी १,...

    आज पनि भिटामिन ‘ए’ खुवाइँदै

    के तपाईले आफ्नो ५ वर्ष मुनिका बच्चालाई ‘भिटामिन ए’ क्याप्सुल ख्वाउनुभयो ? ६ महिनादेखि ५...