News Portal

  • गोराजु पक्राउ लगत्तै जेल चलान

    भक्तपुरपोस्ट संवाददाता सूर्यविनायक, २४ असार
    १०९४ पटक
    सूर्यविनायक, २४ असार

    बैंकिङ कसुर मुद्दामा सजाए पाए पनि फरार भएका एक ब्यक्ति पक्राउ परेका छन् । उनलाइ भक्तपुर प्रहरीले ३ महिनापछि मंगलबार पक्राउ गर्न सफल भएकाे हाे ।

    पक्राउ पर्नेमा सूर्यविनायक ५ का भुपेन्द्र गोराजु रहेका छन् । बैकिङ कसुर मुद्दामा उच्च अदालत पाटनबाट गत चैतमा २ महिना कैद र ५० लाख जरिवाना फैसला भएका गोराजु फरार रहेकाले पक्राउ गरिएकाे महानगरीय प्रहरी परिसर भक्तपुरका डीएसपी दिपक गिरीले जानकारी दिए । डीएसपी गिरीका अनुसार कृष्णगोपाल राजलवटको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी भुपेन्द्र गोराजु भएको बैकिङ कसुर मुद्दामा उनले सजाय पाएका थिए ।

    गोराजुलाई पक्राउ गरी जिल्ला अदालत भक्तपुर पेश गरिएकोमा फैसला कार्यान्वयनको लागि केन्द्रीय कारागार, जगन्नाथदेवल सुन्धारा पठाउने आदेश भएकाे र साेही अनुसार उनलाइ केन्द्रीय कारागार, जगन्नाथदेवल चलान गरिएकाे डीएसपी दिपक गिरीकाे भनाइ छ ।

    प्रतिकृया दिनुहोस्

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...

    भक्तपुरमा दिनदहाडै बाघको आक्रमणबाट बालिका घाइते

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ४ साङदह स्थित मामाघरमा बस्दै आएकी एक बालिका बाघको आक्रमण...