News Portal

  • पूर्ववडाध्यक्ष प्रजापतिप्रति श्रद्धाञ्जली : जनताकाे सेवामा समर्पित योद्धा भएको स्मरण

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २५ असार
    १०५८ पटक
    भक्तपुर, २५ असार

    नेपाल मजदुर किसान पार्टीका कार्यकर्ता एवं भक्तपुर नगरपालिका साविक वडा नं. १२ का पूर्व वडाध्यक्ष प्रद्युम्न प्रजापतिको श्रद्धाञ्जली सभा सम्पन्न भएको छ ।

    नेपाल मजदुर किसान पार्टी ४ नं. वडा समन्वय समितिको आयोजना एवम् नेमकिपाका केन्द्रीय सदस्यसमेत रहेका भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख अतिथ्यतामा विहीबार बिहान श्रद्धाञ्जली सभा सम्पन्न भएको हाे ।

    प्रद्युम्न प्रजापति प्रति श्रद्धाञ्जली ब्यक्त गर्दै नगर प्रमुख सुनिल प्रजापति उनीले व्यक्तिगत फाइदाको निम्ति कहिल्यै कुरा नगर्ने स्वभावको एक निःस्वार्थभावले देश र जनताकाे सेवामा समर्पित योद्धा भएको स्मरण गरेका थिए ।

    नेमकिपा वडा नं. ४ समन्वय समितिका कृष्ण गोविन्द दुवालको सभापतित्वमा सम्पन्न उक्त सभामा नेमकिपा भक्तपुर नगरसमितिका अध्यक्ष नारायण बहादुर दुवाल, वडा नं. ४ का वडाध्यक्ष कुमार चवाल, स्थानीय न्हुछेराम भेले र राजाराम चवाल लगायतले उनी धनी कुलमा जन्मेर पनि शोषित पीडित जनताको पक्षमा काम गर्ने एक सच्चा सेवक भएकाे भन्दै उनका असल कुराहरुको अनुशरण गर्नुपर्नेमा जोड दिएका थिए ।

    पूर्ववडाध्यक्ष प्रजापतिको ७२ वर्षको उमेरमा शनिबार राति निधन भएकाे थियाे । उनका श्रीमती, दुई छोरा र दुई छोरी छन् ।

    प्रतिकृया दिनुहोस्

    पत्रकार थापालाई पितृशोक

    नेपाल पत्रकार महासंघ भक्तपुरकी पूर्व उपाध्यक्ष एवं गोरखापत्र दैनिककी फोटो पत्रकार कविता थापालाई पितृशोक परेको...

    महाजात्राले कमायो २६ करोड ६५ लाख

    mahajatra safalta ghimire

    काठमाडौँ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको...

    क्यानडामा विदेशी विद्यार्थीलाई घर जग्गा किन्न प्रतिबन्ध

    विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ । समाचार अनुसार यसअघि जनवरी १,...

    आज पनि भिटामिन ‘ए’ खुवाइँदै

    के तपाईले आफ्नो ५ वर्ष मुनिका बच्चालाई ‘भिटामिन ए’ क्याप्सुल ख्वाउनुभयो ? ६ महिनादेखि ५...

    इनार, ढुंगेधारा र पोखरीहरुको श्रोत संरक्षणमा सरकारले ध्यान दिनुपर्ने

    लालितपुर,  ६ बैशाख २०८१ । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १९ औं वार्षिकोत्सवमा भक्तपुर नगरपालिकाका...