News Portal

  • एनसेलद्वारा वायरफ्री प्लस वाइफाइकाे बुकिङ शुरु

    भक्तपुर, २८ असार
    ९७४ पटक
    भक्तपुर, २८ असार

    नेपालका उपभोक्ताहरुले अब चाँडै नै आकर्षक बन्डल सेवासहित बिनाकुनै झन्झट गुणस्तरीय वायरलेस इन्टरनेट र वाइफाइ कनेक्टिभिटीको अनुभव गर्न सक्ने भएका छन्।एनसेल प्राइभेट लिमिटेडले आफ्नो नयाँ थिम ‘प्लस’अन्तर्गत वायर फ्री प्लस वाइफाइ सेवाको लागि बुकिङ सुरु गरेको घोषणा गरेसंगै यस्ताे दावी गरेकाे हाे ।

    एनसेलले नेपालमा पहिलोपटक नवीन प्रविधिमा आधारित घरेलु तथा व्यवसायिक दुबै प्रयोजनका लागि उपयुक्तहुने गुणस्तरिय र भरपर्दो वायरफ्री प्लस वाइफाइ सेवा ल्याउन लागेको छ ।यो सेवा लिनको लागि इच्छुक ग्राहकले प्रभुपे, प्रभुकियोस्क तथा नजिकैको प्रभुरेमिटको काउन्टरमा गईबुकिङ गर्न सक्ने बताइएकाे छ ।

    वायरफ्री प्लस वाइफाइ सेवाको प्रमुख विषेशता भनेको विभिन्न सेवाहरुको आकर्षक बन्डलिङ हो।बन्डलिङ सेवाअन्तर्गत ग्राहकले २ वटा सिमकार्ड, प्रत्येक सिममा ५ जिबीडेटा, एनसेल नेटवर्कभित्र हरेक महिना ४२५ मिनेट टकटाइम र मोबिप्लेक्स, हङ्गामा म्युजिक, दामीम्युजिक लगायतका डिजिटल कन्टेन्टहरुको फाइदा लिन सक्नेछन् ।कम्पनीले गोल्ड, प्लाटिनम र डायमण्ड गरी तीनवटा समुहमा वायरलेस वाइफाइडिभाइस, सिमकार्ड रठुलो डेटाभोलुम सँगको बन्डलिङसहित प्रिबुकिङ् लिदैछ। ्राहकलेआफ्नोआवश्यकताअनुसारकुनैपनि समुहअन्तर्गत३०दिन, ९०दिन, २१०दिनवा ४२० दिनको प्याकेजहरु लिन सक्छन्।प्याकेजको शुल्क ३० दिनकालागि मान्यहुने रु७९९ (करबाहेक) बाट सुरु हुन्छ।

    यो सेवा सम्बन्धि थपजानकारीको लागि एनसेलका ग्राहकले आफ्नो कल सेन्टर नम्बर ९००८ मा डायलगरी जानकारी लिन सक्ने छन् भने अन्य इच्छुक ग्राहकले ९८०९००८००० मा डायलगरी आवश्यक जानकारी लिन सक्ने छन्।साथै एनसेलको वायरफ्रीप्लस वाइफाइ पेज https://www.ncell.axiata.com/wirefreeplusमा गई विस्तृत जानकारी लिनुका साथै बुकिङ गर्न सकिने कम्पनीले जनाएकाे छ ।

    प्रतिकृया दिनुहोस्

    नेपाल एरा ऐकेडेमी बन्द गर्न सूर्यविनायकका १३ संस्थागत विद्यालय संचालकहरुको माग

    सूर्यविनायक-८ दार्जिलिङ हाइटस्थित नेपाल एरा ऐकेडेमी गैरकानुनी रूपमा संचालन गरिएको सरोकारवालाले जानकारी गराएका छन् ।...

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...