News Portal

  • यातायात कार्यालयका कारण नपलीका स्थानीय आन्दोलित

    संजीप शुभचिन्तक भक्तपुर, २९ असार
    १६९७ पटक
    भक्तपुर, २९ असार

    भक्तपुर नगरपालिका वडा नम्बर १ नपलीका स्थानीय आन्दोलित भएका छन् । यहाँस्थित यातायात व्यवस्था सेवा कार्यालयका कारण असुविधा भएपछि उनीहरु आन्दोलित भएका हुन् ।

    यातायात व्यवस्था सेवा कार्यालयमा आउने सेवाग्राहीको सवारी साधन अव्यस्थित रुपमा पार्किङ्ग गरिएको र त्यसले आफूहरुको आवागमनमा समेत अवरोध हुँदै आएको उनीहरुको गुनासो छ ।

    सोमबार बिहानै स्थानीयको एक प्रतिनिधि मण्डल यातायात व्यवस्था सेवा कार्यालय पुगी आफ्नो असुविधा बारे अवगत गराएको छ । नपलीका स्थानीयसमेत रहेका गायक एवं सामाजिक अभियन्ता कपिल कस्पालको अग्रसरता एवं जनप्रतिनिधि सूर्यप्रसाद श्रेष्ठको नेतृत्वमा रहेको उक्त टोलीले पार्किङ्ग समस्या तत्काल समाधान गर्न आग्रह गरेको छ । उक्त टोलीमा प्राज्ञ नन्दु उप्रेती, संजना प्रेमी लगायत १ दर्जन स्थानीय उपस्थित रहेका थिए ।

    उनीहरुले कोभिड १९ को जोखिममा उक्त कार्यालयका सेवाग्राही सतर्क नदेखिएका र स्थानीयमा जोखिम बढेको समेत आवाज उठाएका थिए । ‘यद्यपी हाम्रो प्रमुख माग भनेको आफ्नो घरमा जान आउँन समेत समस्या हुने गरी अव्यवस्थित रुपमा जहाँतहीँ पार्किङ्ग गरिदिनु भएन ।” अभियन्ता कस्पालले भक्तपुर पोस्टसंग भने ।

    यस विषयमा यातायात व्यवस्था सेवा कार्यालयका प्रमुख बिमल भट्टराइले आफूले यथासक्य चाडो समस्या समाधान गर्ने बताए । यस विषयमा ट्राफिक प्रहरीको सहयोग आवश्यक हुने भन्दै उनले आवश्यक समन्वय गरी यथासक्य चाडो समस्या समाधान गर्ने प्रतिवद्धता प्रकट गरेका छन् ।

    जिल्लास्थित ट्राफिक प्रहरी प्रमुख सुमन न्यौपानेले भने सबै सरकारी कार्यालयमा ट्राफिक प्रहरी परिचालन गर्न नसकिने प्रष्ट पारे । आफूहरु संग सिमित प्रहरी दरबन्दी भएको र त्यसले सरकारी कार्यालयमा ट्राफिक प्रहरी परिचालन गर्न नसकिने उनको भनाइ छ ।” कार्यालयको आफ्नै पार्किङ्ग नभएकोले समस्या भएको हो । केहि समयलाई हामीले प्रहरी परिचालन गरेपनि त्यो दीर्घकालीन समाधान हुँदैन । यसका लागि पार्किङ्ग स्थल पहिचान हुनु आवश्यक छ ।” भक्तपुर पोस्ट संग उनले भने ।

    यस सम्बन्धमा भक्तपुरको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले सरकारी कार्यालय जनताको सास्तीका लागि नभई सेवाका लागि भएको भन्दै नपलीका स्थानीयको गुनासो सम्बोधन गरिने ग्यारेन्टी गरिन् । ”हामी छिट्टै पार्किङ्ग स्थलको पहिचान गरी दीर्घकालीन समाधानको उपाय दिन्छौं ।” उनले भनिन् ।

    प्रतिकृया दिनुहोस्

    नेपाल एरा ऐकेडेमी बन्द गर्न सूर्यविनायकका १३ संस्थागत विद्यालय संचालकहरुको माग

    सूर्यविनायक-८ दार्जिलिङ हाइटस्थित नेपाल एरा ऐकेडेमी गैरकानुनी रूपमा संचालन गरिएको सरोकारवालाले जानकारी गराएका छन् ।...

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...