News Portal

  • प्रहरीकाे सेवा पाउनु जनताकाे अधिकार हाे : प्रहरी उपरीक्षक तारादेवी थापा

    राजेशमान मानन्धर / भक्तपुर पोस्ट भक्तपुर, ४ साउन
    १६८५ पटक
    भक्तपुर, ४ साउन

    भक्तपुर जिल्ला शारीरिक सुगठन तथा फिट्नेस संघले भक्तपुर जिल्लाकाे प्रहरी प्रमुख रहेकी प्रहरी उपरीक्षक तारादेवी थापालाइ स्वागत गरेकाे छ । संघले भक्तपुरकाे सास्कृतिक परम्परा अनुरुपकाे सगुनसहित प्रहरी उपरीक्षक थापालाइ स्वागत गरेकाे हाे ।

    आइतबार संघका अध्यक्ष बाबुकाजी मानन्धरकाे नेतृत्वमा रहेकाे प्रतिनिधिमूलक पदाधिकारीकाे टाेली प्रहरी उपरीक्षक तारादेवी थापालाइ स्वागत गर्न महानगरीय प्रहरी परिसरमा पुगेकाे थियाे । उक्त टोलीमा प्रथम उपाध्यक्ष ज्ञानेन्द्र मानन्धर, कोषाध्यक्ष अशोक घजू, सदस्य रमेश सुवाल र रन्जना सितिखू तथा कानुनी सल्लाहकार अधिवक्ता रामकृष्ण मानन्धर उपस्थित रहेका थिए ।

    स्वागत कार्यक्रमलाइ संबाेधन गर्दै संघका अध्यक्ष बाबुकाजी मानन्धरले संघको पृष्ठभूमी सहित वर्तमान अवस्थाबारे अवगत गराएका थिए भने प्रहरीले आवश्यक ठानेमा आफूहरु स्वयंसेवाको लागि सधै तत्पर रहेको प्रतिवद्धता प्रकट गरेका थिए । त्यसैगरी प्रथम उपाध्यक्ष ज्ञानेन्द्र मानन्धर र कानुनी सल्लाहकार अधिवक्ता रामकृष्ण मानन्धर लगायतले लकडाउनका कारण उत्पन्न शारीरिक सुगठन तथा फिट्नेस संचालकहरुकाे समस्या समाधानमा सहयाेग गरिदिन प्रहरी उपरीक्षक थापालाइ आग्रह गरेका थिए । उक्त अवसरमा संघले प्रहरी उपरीक्षक तारादेवी थापाकाे कार्यकाल बिबादरहित हुने अपेक्षासहित सफल कार्यकालकाे शुभकामना समेत दिएकाे थियाे ।

    भक्तपुर जिल्ला शारीरिक सुगठन तथा फिट्नेस संघकाे शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी उपरीक्षक थापाले शान्तिसुरक्षा मानिसको लागि सबैभन्दा महत्वपूर्ण आवश्यकता भएको बताइन् । मानिस खाना पनि नखाई धेरै दिन बस्न सक्छ तर असुरक्षा महसुस भए पाँच मिनेट पनि बस्न नसक्ने बताउँदै उनले प्रहरीको प्रमुख कर्तब्य नै शान्तिसुरक्षा कायम राख्नु भएको प्रष्ट पारीन् । समुदायको साथ् र सहयोग बिना प्रहरी अपूर्ण हुने भन्दै उनले समुदायकाे सेवा गर्नु प्रहरीका कर्तब्य भएकाे र प्रहरीकाे सेवा पाउनु समुदायकाे अधिकार रहेकाे बताइन् । आफ्नाे कार्यकालमा भक्तपुर प्रहरीलाइ थप अनुशासित र दक्ष बनाउदै अघि बढ्ने तथा जनताले प्रहरीबाट राख्ने अपेक्षामा आँच आउन नदिने समेत उनले प्रतिबद्भता प्रकट गरीन् । उक्त अवसरमा प्रहरी नायब उपरीक्षक दीपक गिरी पनि उपस्थित रहेका थिए ।

    प्रतिकृया दिनुहोस्

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...

    भक्तपुरमा दिनदहाडै बाघको आक्रमणबाट बालिका घाइते

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ४ साङदह स्थित मामाघरमा बस्दै आएकी एक बालिका बाघको आक्रमण...

    भक्तपुरका सफल व्यवसायी एवं समाजसेवी कासिछ्वालाई मातृशोक

    भक्तपुरका सफल व्यवसायी, युवा समाजसेवी, स्वतन्त्र अभियन्ता एवं खेलाडी श्रीभक्त कासिछ्वालाई मातृशोक परेको छ ।...