News Portal

  • नजिकिएको महाधिवेशनले मिलाएकाे माैका, नेपाली काँग्रेस भक्तपुरकाे खिरखाने कार्यक्रम सम्पन्न

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १५ साउन
    ११८८ पटक
    भक्तपुर, १५ साउन

    नेपाली काँग्रेसको नजिकिएको महाधिवेशनका कारण भक्तपुर काँग्रेसमा पनि चुनावी चहलपहल बढेको छ । जिल्ला पार्टीले क्रियाशील सदस्यता वितरणमा केन्द्रित भएर छलफल थालेको छ ।

    बिहीवार जिल्ला सभापति दुर्लभ थापाको अध्यक्षतामा विशेष छलफल सम्पन्न भएको हो । यद्यपी थापाले भने बिशेष नभई सामान्य छलफल भएको बताए । उनका अनुसार साथीभाई जम्मा भै खिर खाने कार्यक्रम गरिएको र त्यसमा स्वभावत: सामान्य राजनीतिक छलफल भएका छन् ।

    नेपाली काँग्रेस जिल्ला पार्टी कार्यालय भक्तपुरले जनाए अनुसार कार्यक्रममा क्षेत्रीय सभापति, चारवटै प्रदेश सभाका पार्टी सभापति, नगर सभापति तथा वडा सभापतिहरुको उपस्थिति रहेको थियो । कार्यालयका अनुसार उक्त अवसरमा भक्तपुरमा क्रियाशील सदस्यका सम्बन्धमा छलफल गरी साउन १५ अर्थात खिर खाने दिनमा खिर खाइ हर्षोल्लासपूर्वक पर्व मनाइएको छ । केहि कार्यकर्ताले भने जिल्ला समितिलाई नै थाहा नदिई कार्यक्रम गरिएको भन्दै आलोचना गरेका छन् ।

    जिल्ला सभापति दुर्लभ थापाले भने कार्यक्रम सुटुक्क नगरिएकाे जिकिर गरे । उनका अनुसार काेभिड १९ का कारण धेरै संख्यामा कार्यकर्ताहरुलाइ सहभागि गराउन नसकिएकाे हाे । सभापति थापाले शंका गर्नुपर्ने अवस्था नरहेकाे भन्दै पार्टी बिधान अनुरुप नै सदस्यता वितरण हुने बताए ।

    प्रतिकृया दिनुहोस्

    क्यानडामा विदेशी विद्यार्थीलाई घर जग्गा किन्न प्रतिबन्ध

    विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ । समाचार अनुसार यसअघि जनवरी १,...

    आज पनि भिटामिन ‘ए’ खुवाइँदै

    के तपाईले आफ्नो ५ वर्ष मुनिका बच्चालाई ‘भिटामिन ए’ क्याप्सुल ख्वाउनुभयो ? ६ महिनादेखि ५...

    इनार, ढुंगेधारा र पोखरीहरुको श्रोत संरक्षणमा सरकारले ध्यान दिनुपर्ने

    लालितपुर,  ६ बैशाख २०८१ । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १९ औं वार्षिकोत्सवमा भक्तपुर नगरपालिकाका...

    रामनवमीमा दिव्येश्वरीको वार्षिक पुजा

    भक्तपुर, ५ बैशाख २०८१ । रामनवमीको अवसरमा मध्यपुर थिमि नगरपालिका–१, लोहकिल्थलीस्थित दिव्येश्वरी मन्दिरमा वार्षिक पुजा...

    नव प्रवेशी ८२ शाखा अधिकृतको पदस्थापन, २९ लाई पालिकामा प्रमुख प्रशासकीयको जिम्मेवारी

    निजामती सेवामा नव प्रवेशी शाखा अधिकृतको पदस्थापन गरिएको छ । ब्याट ३७ का ८२ शाखा...