News Portal

  • कठोर भएर बाहिरी जिल्लाबाट आउने मानिसहरुलाई रोक्छौं : भक्तपुर प्रजिअ पाण्डे

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २१ साउन
    २३०४ पटक
    भक्तपुर, २१ साउन

    नेपालमा कोभिड १९ संक्रमितको संख्या २१ हजार नाघेको छ । साउन ७ बाट आंशिक खुलेको लकडाउनपछि मानिसहरु लापर्वाह हुदाँ संक्रमितको संख्या ह्वात्तै बढेकाे हाे ।

    एक जिल्ला बाट अर्काे जिल्लामा यातायात बन्द भनिएपनि मानिसहरु बलजफ्ती आवतजावत गर्दा सबैतिर संक्रमण जाेखिम समेत उग्र भएकाे छ । लकडाउन अवधीमा न्यून देखिएका संक्रमितकाे संख्या उपत्यकामा दिनानुदिन बढ्दाेक्रममा देखिन्छ ।

    भक्तपुरमा पनि संक्रमितकाे संख्या निकै बढेको छ । मंगलवार मात्र १३ संक्रमित थपिएपछि कूल संक्रमित संख्या ८० पुगेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । भक्तपुर पोस्टलाई प्राप्त जानकारी अनुसार मंगलवार थपिएका १३ र यस अघिका १७ सहित ३० संक्रमित अझै अस्पतालमा उपचाररत रहेका छन् । अन्य संक्रमित भने सन्चो भएर घरमा रहेका बताइएको छ ।

    भक्तपुर जिल्ला उपत्यका प्रवेशको ट्रान्जिट पोइन्ट भएका कारण पनि कोभिड जोखिम देखिएको छ । संक्रमणको उच्च जोखिममा रहेका जिल्लाबाट बिना चेकजाँच मानिसहरु भक्तपुर हुँदै उपत्यका आउँदा यसले भक्तपुरमा संक्रमणको दर बढाएको बिज्ञहरु बताउँछन । साँगामा आएर मात्र यात्रुहरुलाई रोक्नुपर्ने प्रेसर परेको र रोकिएका यात्रुको असुरक्षित हिडाईले संक्रमण जोखिम बढाएको भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे पनि स्वीकार गर्छिन् । उनले स्थानीय जनतालाइ साथमा लिएर बाहिरी जिल्लाबाट आउने मानिसहरुलाइ राेक्ने बताइन् ।

    प्रजिअ पाण्डेलाई प्रधानमन्त्री केपी शर्मा ओलीले समेत स्थानीयलाई सचेत पारेर मात्र कोभिड १९ बिरुद्धको लडाई जित्न सकिने भन्दै जनतासंग मिलेर यो लडाई लड्न निर्देशन दिएका छन् । सोमबार बालकोटस्थित घरमा आएका बेला उनले भक्तपुरकी प्रमुख जिल्ला अधिकारी पाण्डेलाई उक्त निर्देशन दिएका हुन् । सरकारको एकल प्रयासले मात्र नहुने भन्दै सिंगो समाजलाई कोभिड १९ बिरुद्ध परिचालित गर्न प्रम ओलीले आदेश दिएका थिए । प्रधानमन्त्री ओलीको आदेश पछि सिडिओ पाण्डेको पहलमा भक्तपुर र काभ्रेपलाञ्चोक जिल्लाको सुरक्षा समिति सम्मिलित संयुक्त बैठक समेत मंगलवार सम्पन्न भएको जानकारी प्राप्त भएको छ ।

    पूर्व राज्यमन्त्री समेत रहेका कन्चनचन्द्र बादेको संयोजनमा साँगाका स्थानीय जनता एवं भक्तपुर र काभ्रेका सिडिओ लगायत सुरक्षा समितिका पदाधिकारी सहितको बैठकले नाकामा थप कडाइ गर्ने निर्णय गरेको भक्तपुरकी प्रजिअ पाण्डेले जानकारी गराइन । उक्त अवसरमा स्थानीयले पैदल हिड्ने यात्रुका कारण स्थानीयमा संक्रमणकाे आतङ्क फैलिएकाे गुनासाे गरेका थिए ।

    लामो बाटो पार गरेर आएका मानिसहरुलाई साँगामा रोक्न कठोर हुनुपर्ने आवस्यकता औल्याउदै बैठकमा उपत्यकामा संक्रमण रोक्न कठोर हुनुको बिकल्प नभएको निष्कर्ष निकालिएको प्रजिअ पाण्डेले बताइन । ” अब कुनै कम्प्रमाइज हुँदैन, हामी कठोर भएर बाहिरी जिल्लाबाट आउने मानिसहरुलाई रोक्छौं । उनले भनिन् ।

    साँगाको बाटो हुँदै दैनिक सयौंको संख्यामा मानिसहरु बाहिरी जिल्लाबाट प्रवेश गर्दा कोभिड १९ नियन्त्रण चुनौतीपूर्ण बन्दै गएको छ । शुरुकै चेक पोइन्टले नरोक्दा मानिसहरु बिभिन्न बहानामा नाकाबाट सिधै वा लुकीछिपी प्रवेश गर्ने क्रम रोकिएको छैन ।

    प्रतिकृया दिनुहोस्

    पत्रकार थापालाई पितृशोक

    नेपाल पत्रकार महासंघ भक्तपुरकी पूर्व उपाध्यक्ष एवं गोरखापत्र दैनिककी फोटो पत्रकार कविता थापालाई पितृशोक परेको...

    महाजात्राले कमायो २६ करोड ६५ लाख

    mahajatra safalta ghimire

    काठमाडौँ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको...

    क्यानडामा विदेशी विद्यार्थीलाई घर जग्गा किन्न प्रतिबन्ध

    विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ । समाचार अनुसार यसअघि जनवरी १,...

    आज पनि भिटामिन ‘ए’ खुवाइँदै

    के तपाईले आफ्नो ५ वर्ष मुनिका बच्चालाई ‘भिटामिन ए’ क्याप्सुल ख्वाउनुभयो ? ६ महिनादेखि ५...

    इनार, ढुंगेधारा र पोखरीहरुको श्रोत संरक्षणमा सरकारले ध्यान दिनुपर्ने

    लालितपुर,  ६ बैशाख २०८१ । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १९ औं वार्षिकोत्सवमा भक्तपुर नगरपालिकाका...