News Portal

  • नेकपा सर्लाहीका अध्यक्ष रेवती पन्तलाई कोरोना पोजेटिभ भएको पुष्टि

    प्रेमनाथ पौडेल / भक्तपुरपाेस्टसर्लाही, २१ साउन
    ७४२ पटक
    सर्लाही, २१ साउन

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सर्लाही जिल्ला अध्यक्ष रेवती पन्तलाई कोरोना भाइरस संक्रमण (काेभिड १९ ) भएको छ । उनको स्वाब टेस्ट गर्दा कोरोना पोजेटिभ पाइएको हो ।

    पन्त आफैले आफूलाई कोरोना पोजेटिभ भएको पुष्टि गरेका हुन् । बुधवार उक्त कुराको जानकारी गराउदै उनले आफ्नो सम्पर्कमा रहेकाहरुलाई सावधान बन्न र स्वाब टेस्ट गराउन आग्रह समेत गरे ।

    ३/४ दिन पहिले देखि आफूलाई ज्वरो आएको र घाटीमा केहि असजिलो समस्या भएपछी टेकुमा उनले स्वाव टेस्ट गराएको र त्यसको रिपोर्ट आउदा कोरोना पोजेटिभ पाइएको उनले जानकारी दिए । कोरोनालाइ सामान्य रोगका रुपमा स्वीकार गर्नुको बिकल्प नरहेको बताउँदै अध्यक्ष पन्तले सकेसम्म संक्रमण हुन नदिन र भएमा अरुलाई सर्न नदिने विषयमा सचेत रहनुपर्ने सुझाव समेत दिए ।

    काठमाडौंस्थित अस्पतालको आइसोलेसनमा रहेका उनको अवस्था सामान्य छ ।

    सर्लाहीमा कोरोना संक्रमितको संख्या बढेसंगै जिल्ला प्रशासन कार्यालय सर्लाहीले मंगलवारबाट १ साताका लागि लकडाउन गरेको अवस्था छ । यसैबीच बुधवार सर्लाहीका एक ६५ बर्षिय पुरुषको कोरोना उपचारको क्रममा काठमाडौंमा ज्यान गएको सूचनासमेत प्राप्त भएको छ ।

    प्रतिकृया दिनुहोस्

    पत्रकार थापालाई पितृशोक

    नेपाल पत्रकार महासंघ भक्तपुरकी पूर्व उपाध्यक्ष एवं गोरखापत्र दैनिककी फोटो पत्रकार कविता थापालाई पितृशोक परेको...

    महाजात्राले कमायो २६ करोड ६५ लाख

    mahajatra safalta ghimire

    काठमाडौँ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको...

    क्यानडामा विदेशी विद्यार्थीलाई घर जग्गा किन्न प्रतिबन्ध

    विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ । समाचार अनुसार यसअघि जनवरी १,...

    आज पनि भिटामिन ‘ए’ खुवाइँदै

    के तपाईले आफ्नो ५ वर्ष मुनिका बच्चालाई ‘भिटामिन ए’ क्याप्सुल ख्वाउनुभयो ? ६ महिनादेखि ५...

    इनार, ढुंगेधारा र पोखरीहरुको श्रोत संरक्षणमा सरकारले ध्यान दिनुपर्ने

    लालितपुर,  ६ बैशाख २०८१ । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १९ औं वार्षिकोत्सवमा भक्तपुर नगरपालिकाका...