News Portal

  • थिमिको कोरियामैत्री अस्पतालमा भक्तपुरका ३ जनामा कोरोना पाेजेटिभ

    भक्तपुरपोस्ट संवाददाता मध्यपुर थिमि, २४ साउन
    ६५४२ पटक
    मध्यपुर थिमि, २४ साउन

    मध्यपुर थिमिको नेपाल कोरियामैत्री नगरपालिका अस्पतालमा स्वाब परीक्षण गर्दा स्थानीय ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शनिवार स्थानीय ३ जनामा कोरोना पोजेटिभ पाइएको हो ।

    अस्पताल श्रोतका अनुसार नेपाल कोरियामैत्री नगरपालिका अस्पतालमा स्वाब परीक्षण गर्दा भक्तपुरका ३ र काठमाडौंका २ गरी आज पाँच जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ ।

    यो संगै भक्तपुरमा संक्रमित संख्या पचासी पुगेको छ ।

    स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमअक अनुसार शनिवार उपत्यकामा ६२ जना कोरोना संक्रमित थपिएका छन् जसमा ३ जना भक्तपुर अरु ३ जना ललितपुर र बाँकी सबै काठमाडौंका हुन् ।

    त्यसैगरी पछिल्लो २४ घन्टामा देशभर ३७८ जनामा संक्रमण देखिएको बताइएको छ। यो संगै देशभर संक्रमित हुनेको संख्या २२ हजार ५९२ जना पुगेको छ।

    अपडेट

    स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण बहादुर मिजारले जानकारी दिए अनुसार शनिवार संक्रमित हुनेमा २२ महिने बालक र उनकी आमा रहेका छन् । उनीहरु सूर्यविनायक ८ सिपाडोलका हुन् । उनीहरु कोरोना संक्रमण पुष्टि भएका प्रहरी मुख्यालय नक्सालमा कार्यरत प्रहरीका श्रीमती र छोरा भएको बताइएको छ । शनिवार संक्रमण पुष्टि भएपछि उनीहरुको प्रहरी अस्पतालमा उपचार भैरहेको छ ।

    त्यसैगरी अर्का एक संक्रमित भने मध्यपुर थिमिकै हुन् । छब्बीस बर्षिय ति युवक कौसल्टारका भएको जानकारी प्राप्त भएको छ ।

    याे पनि

    आइतवार उपत्यकामा ९२ कोरोना पोजेटिभ हुँदा भक्तपुर निल, यी हुन् भक्तपुरका शनिवार संक्रमित

    प्रतिकृया दिनुहोस्

    क्यानडामा विदेशी विद्यार्थीलाई घर जग्गा किन्न प्रतिबन्ध

    विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ । समाचार अनुसार यसअघि जनवरी १,...

    आज पनि भिटामिन ‘ए’ खुवाइँदै

    के तपाईले आफ्नो ५ वर्ष मुनिका बच्चालाई ‘भिटामिन ए’ क्याप्सुल ख्वाउनुभयो ? ६ महिनादेखि ५...

    इनार, ढुंगेधारा र पोखरीहरुको श्रोत संरक्षणमा सरकारले ध्यान दिनुपर्ने

    लालितपुर,  ६ बैशाख २०८१ । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १९ औं वार्षिकोत्सवमा भक्तपुर नगरपालिकाका...

    रामनवमीमा दिव्येश्वरीको वार्षिक पुजा

    भक्तपुर, ५ बैशाख २०८१ । रामनवमीको अवसरमा मध्यपुर थिमि नगरपालिका–१, लोहकिल्थलीस्थित दिव्येश्वरी मन्दिरमा वार्षिक पुजा...

    नव प्रवेशी ८२ शाखा अधिकृतको पदस्थापन, २९ लाई पालिकामा प्रमुख प्रशासकीयको जिम्मेवारी

    निजामती सेवामा नव प्रवेशी शाखा अधिकृतको पदस्थापन गरिएको छ । ब्याट ३७ का ८२ शाखा...