News Portal

  • भक्तपुरका मनिष राउत साम्राज्ञी र आनाकाे हिराे : मुख्य भूमिकासहित फिल्मीक्षेत्रमा जम्ने अवसर

    बाबुराम दाहाल / भक्तपुरपोस्ट भक्तपुर, २६ साउन
    २७०४ पटक
    भक्तपुर, २६ साउन

    भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर ६ गुण्डू घर भएका नवनायक मनिष राउतले नयाँ चलचित्रमा नायकको भूमिका निभाउने भएका छन् । प्रेमगित ३ का नायक समेत रहेका मनिषले उक्त चलचित्र रिलीज हुन नपाउँदै अर्को नयाँ चलचित्र हात पारेका हुन् ।

    उनी क्लोथिङ्ग ब्रान्ड डक्टर डेनिमले निर्माण गर्न लागेको नेपाली कथानक चलचित्रमा मुख्य नायकको भूमिकामा अनुबन्धित भएका छन् । मनिष क्लोथिङ्ग ब्रान्ड डक्टर डेनिमकाे ब्रान्ड एम्बेस्डरसमेत हुन् । युवा मनोविज्ञानमा आधारित रहने यस चलचित्रमा मुख्य नायकको भूमिकामा मनिष अनुबन्धित भएका छन् भने नायिकामा अहिले चलेकी साम्राज्ञी राज्य लक्ष्मी शाह र आना शर्मा अनुबन्धित भएका जानकारी प्राप्त भएको छ ।

    आफ्नो पहिलो फिल्म रिलीज नहुँदै नायक राउतले मूख्य हिरोको भूमिकासहित नयाँ फिल्म पाएका हुन् । बिहीवार मनिष,साम्राज्ञी र आना तीनैजनासंग निर्माण पक्षले बिशेष कार्यक्रमका बीच औपचारिक सम्झौता सम्पन्न गरेको छ । चलचित्र निर्माणको घोषणालाई लिएर फिल्मी क्षेत्रमा अहिले नै निकै कुतुहलता छाएको देखिन्छ । यसको नाम भने सार्वजनिक गरिएको छैन । नाम र बाँकी कलाकारसहितकाे टिम छिट्टै घोषणा गरिने बताइएको छ ।

    कोभिड १९ को कहरपछि फ्लोरमा जाने बताईएको चलचित्रको निर्माता छत्रजङ्ग पाण्डे र अनुप पौडेल रहेका छन् भने सह-निर्माता करण साउद हुन् । चलचित्रको निर्देशन भने प्रवेश पौडेलले गर्ने जानकारी प्राप्त भएको छ ।

    नयाँ सिनेमाको विषयलाई लिएर नायक मनिष निकै उत्साहित छन् । गत चैत २८ मै रिलीज हुनुपर्ने उनी अभिनित बहुप्रतिक्षित फिल्म ‘प्रेम गीत ३’ कोभिड १९ का कारण रिलीज हुन नपाए पनि नयाँ चलचित्रमा मूख्य भूमिका सहितको मौका पाउनुले आफूलाई हौसला मिलेको उनको भनाइ छ । आफूले अभिनयमा कुनै कसर बाँकी नराख्ने भन्दै उनले निर्माण पक्ष र दर्शकको चाहनालाई न्याय गर्ने बताए ।

    कटुञ्जेस्थित ओम माध्यमिक विद्यालयमा पढ्दा देखि नै कलाकारितामा लगाव भएका मनिषले ओस्कार इन्टरनेसनल कलेजबाट चलचित्र निर्माणमा स्नातक उतीर्ण गरेका छन् । मोडेल हन्ट नेपालको फस्ट रनर अप समेत भएका उनले ठूलो पर्दामा देखिनु अघि बिभिन्न नाटक, विज्ञापन र छोटा चलचित्रहरुमा समेत अभिनय गरेका छन् । उदीयमान प्रतिभाका धनी मनिषले आफ्नो सफलता संगै सिंगो भक्तपुरको नाम उँचो राख्ने उनका साथीभाई र इष्टमित्रहरु बिश्वास व्यक्त गर्दछन् ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर अस्पतालमा करार सेवाको जागिरका लागि ३ दर्जन बढी डाक्टरको आवेदन

    भक्तपुर अस्पतालमा करार सेवाको जागिरका लागि ३ दर्जन बढी डाक्टरले आवेदन दिएका छन् । पदपूर्तीका...

    पत्रकार थापालाई पितृशोक

    नेपाल पत्रकार महासंघ भक्तपुरकी पूर्व उपाध्यक्ष एवं गोरखापत्र दैनिककी फोटो पत्रकार कविता थापालाई पितृशोक परेको...

    महाजात्राले कमायो २६ करोड ६५ लाख

    mahajatra safalta ghimire

    काठमाडौँ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको...

    क्यानडामा विदेशी विद्यार्थीलाई घर जग्गा किन्न प्रतिबन्ध

    विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ । समाचार अनुसार यसअघि जनवरी १,...

    आज पनि भिटामिन ‘ए’ खुवाइँदै

    के तपाईले आफ्नो ५ वर्ष मुनिका बच्चालाई ‘भिटामिन ए’ क्याप्सुल ख्वाउनुभयो ? ६ महिनादेखि ५...