News Portal

  • गोंगबुकाे क्रुर हत्याकाण्डले पढाउने पाठ

    बुद्ध शरण शाही२८ साउन २०७७
    ११३७ पटक
    २८ साउन २०७७

    काेराेना भाइरस (काेभिड १९) ले सर्वत्र त्रास छाइरहेका बेला राजधानीकाे गाेंगबुमा घटेकाे घटनाले अहिले सबैकाे ध्यान तानेकाे छ । गत आइतबार शरिर र टाउकाे अलग अलग ठाउँमा रहेकाे अवस्थामा शव भेटिएपछि मानिसहरु त्रसित बने । प्रहरीले याे घटना एक महिलाले गरेकाे भन्दै जब पक्राउ गर्याे त्यसपछि झनै चकित पार्याे सबैलाइृ । एक महिलाले यति विभत्स हत्या कसरी गर्न सक्छिन् भन्दै यसमा अरु मानिसहरुकाे सम्लग्नता हुनसक्छ भन्ने अनुमान गरिए । प्रहरीले पनि त्यही आशंकामा अनुसन्धान गर्याे । तर, प्रहरीकाे प्रारम्भिक अनुसन्धानले घटनामा महिलाकाे मात्र हात रहेकाे भन्ने खुलेकाे छ र प्रहरीले महिलालाइ मंगलबार सार्वजनिक समेत गरिसकेकाे छ ।

    पछिल्लाे समय समाजमा अपराधका प्रकृति बढ्दा छन् । धेरैखाले अपराधलाइ गहिरिएर अध्ययन गर्ने हो भने आर्थिक लेनदेन, अबैध सम्बन्ध, इर्श्या,अस्वभाविक प्रतिस्पर्धा आदि जाेडिन्छ । अपराधका घटना सामाजिक सञ्जालले बढावा दिएकाे देखिन्छ । सामाजिक सञ्जालबाटै जाेडिएर बिभत्स हत्यासम्म पुगेका धेरै घटनाहरु बाहिर आएका छन् । मंगलबारकाे घटनामा पनि पक्राउ परेकी महिलाले प्रहरीसँगकाे बयानमा यस्तै कुरा जाेडेकी छन् । धनले सम्पन्न भएपछि मानिस सुखसयलको खोजी र यौन तृप्तिमा लिन हुन थाल्छ । समाजमा यसखालकाे चिन्तन बढ्दै गएकाे छ ।

    शनिबार मध्यरातमा गोंगबु गणेशस्थानमा हत्या गरिसकेपछि मृत शरिरलाइ टुक्राटुक्रा पार्ने कार्य कसरी भयाे भन्ने कुरा अहिले सबैकाे मनमा लागिरहेकाे छ । आखिर एक महिलाले यसरी हत्या नै गर्नु पर्ने कारण के हो त ? ती महिलालाइ हत्यापछिको परिणामका बाेमा के थाहा थिएन हाेला ? मानिसहरु प्रश्न गरिरहेका छन् । मानव हत्यासहितका यस्ता अपराधमा सम्लग्न अधिकांश घटनामा प्रहरी अनुसन्धान सफल भएकाे छ । केही अपवाद वाहेक हत्या, बलात्कार, अपहरण जस्ता घटनामा सम्लग्नहरुलाइ प्रहरीले पक्राउ गरेर न्यायकाे कठघरामा उभ्याएकाे छ । त्यसपछि अपराधमा सम्लग्नहरुप्रति समाजकाे नजर कस्ताे हुन्छ भन्ने उनीहरुले नदेखेका हाेइनन् । समाजले उनीहरुलाइ थुक्ने घृणा गर्ने गरे पनि यस्ता घटना भने कम भएका छैनन ।

    प्रहरीसँगकाे बयानमा गाेंगबु घटनाकी अभियुक्त कल्पना मुडभरीले आफ्नो नाममा फेक एकाउन्ट खाेलेर बेइज्जती गरिएकाे बताएकी छन् । मृतक बाेहराले आफ्ना अस्लिल तस्बिर सामाजिक संजालमा सार्वजनिक गरिदिने भन्दै धम्की दिने गरेकाे र त्यसकाे अत्यधिक दुरुपयाेग गरेकाे पनि उनले बयानमा भनेकी छन । तर, ती कुराले नै उनले गरेकाे हत्या सही कदापी ठहर्याउँदैन । के उनीसँग कानुनी समाधान छँदै थिएन त ? उनलाइ त्याे खालकाे धम्की दिइएकाे थियाे भने, त्याे खालकाे शाेषण भएकाे थियाे भने उनले कानुनी उपचार खाेज्न सक्थिन । तर, त्यता नगएर उनी क्रूर अपराधमा पुगिन् ।

    समाजमा यस्ता घटना निरन्तर छन् । सामाजिक सञ्जालकाे दुरुपयाेगले यस्ता घटना बढाइरहेका छन् । वैदेशिक राेजगारी बढेसँगै सामाजमा विकृतिहरु पनि बढेका छन् । वैदेशिक राेजगारीले धेरै परिवारकाे विघठन मात्र हाेइन, अपराधकाे सिलसिलासमेत बढ्दाे देखिन्छ  । प्रश्न उठेकाे छ वैदेशिक राेजगार कति सुरक्षित छ खासगरी महिलाका लागि ? वैदेशिक राेजगारीमा गइसकेपछि पैसा कमाइसकेपछि मानिसका मनमा अनेक साेच विकास हुने गरेका छन् । यसले समाजमा क्रमश: भयावह स्थिति फैलाएकाे छ । यसका लागि समाजिक काउन्सिलिङकाे व्यवस्था जरुरी देखिन्छ । साथै वैदेशिक राेजगारीमा जानेहरुका परिवारलाइ समाज र राज्यका निकायले पनि विशेष काउन्सिलिङ गर्नुपर्ने जरुरी पनि देखिन्छ । त्यसका लागि राज्यले छुट्टै संरचना नै निर्माण गर्नुपर्ने अवस्था आइसकेकाे छ ।

    त्यसैगरी सामाजिक सञ्जालकाे प्रयाेग र दुरुपयाेगका बारेमा पनि गहिराे अनुसन्धान जरुरी छ । सामाजिक सञ्जालबाट जाेडिएका अधिकांश सम्बन्धहरु अन्तत: टुक्रिएकाे देखिन्छ । ती सम्बन्धहरुले खराब परिणाम निम्त्याएकाे देखिन्छ । यदि याे कुरा भइरहेकाे छ भने यसकाे समाधान पनि राज्यले खाेज्नुपर्छ । सामाजिक सञ्जालकाे प्रयाेगका बारेमा आचारसंहिता पनि जारी गरिनु जरुरी देखिएकाे छ । हरेक स्थानीय तहहुँदै परिवारसम्म सामाजिक सञ्जाल प्रयाेगका फाइदा र वेफाइदा, यसबाट निम्तिन सक्ने दुर्घटना वा खराब परिणामका बारेमा सचेतना पनि चलाउन जरुरी भइसकेकाे छ ।

    ( शाही फाेटाे पत्रकार हुन् )

    प्रतिकृया दिनुहोस्

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...