News Portal

  • बिहीवारबाट सबैखाले सवारी पास बन्द : प्रजिअ पाण्डे

    बाबुराम दाहाल / भक्तपुर पोस्ट भक्तपुर, २८ साउन
    १५९४ पटक
    भक्तपुर, २८ साउन

    गृह मन्त्रालयको जारी परिपत्र अनुसार भक्तपुर जिल्ला प्रशासन कार्यालयले बिहीबारबाट सवारी पास वितरण नगर्ने भएको छ । कोभिड १९ को जोखिमका कारण सवारी पास वितरण नगर्न/नगराउन गृहमन्त्रालयले बुधवार सबै जिल्लाका सिडिओहरुलाई परिपत्र गरेपछि भक्तपुरले पनि सो सेवा बन्द गर्ने भएको हो ।

    भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले अर्को आदेश नभए सम्मका लागि सवारी पास नदिइने बताइन् । कोभिड १९ को उच्च जोखिमलाई मध्यनजर गर्दै सेवा रोक्न गृहले परिपत्र गरेको पुष्टि गर्दै प्रजिअ पाण्डेले बिहीबारबाट उक्त सेवा बन्द गरिने जानकारी गराइन । यसबाट उपत्यका बाहिर जाने वा बाहिर बाट भित्र आउने मानिसहरु रभावित हुनेछन । उपत्यकामा भने जोरबिजोर नियम अनुसार सवारी संचालन हुँदै आएको छ ।

    लकडाउनको अवधिमा र त्यसयता पनि सिडिओ कार्यालयले सम्बन्धित स्थानीय तहको सिफारिसमा अत्यावश्यक कामका लागि सवारी पास वितरण गर्दै आएको थियो । मानिसहरु विभिन्न बहाना बनाएर एक जिल्लाबाट अर्को जिल्लामा आवतजावत गर्दा कोभिड १९ रोकथाम र नियन्त्रण चुनौतीपूर्ण बनेको छ । पछिल्लो समय उपत्यकामा कोरोना संक्रमित बढेसंगै त्यसको दोष सक्रिय संक्रमित जिल्लाबाट उपत्यका आउनेहरुलाई दिइएको छ । उनीहरुलाई नाकामा कडाइ गरी फिर्ता गर्न नसक्दा संक्रमण बढेको आशंका गरिएको छ । गृहको बुधवारको सवारी पास रोक्ने आदेशले सरकार समेत उक्त आशंकाप्रति सहमत देखिएको छ ।

    बुधबारसम्ममा देशभर कुल संक्रमितको संख्या २४ हजार ४ सय ३२ पुगेको स्वास्थ्य मन्त्रालयको तथ्याङ्क  छ।  मन्त्रालयका अनुसार अहिलेसम्म संक्रमणबाट ९१ जनाले ज्यान गुमाएका छन् ।बुधवार भक्तपुरमा कोभिड १९ का ८ बिरामी बढे संगै कूल संक्रमित संख्या ९७ रहेकाे छ भने काठमाडौं उपत्यकामा संक्रमितको संख्या करिब पन्ध्र सय पुगेको छ ।

    प्रतिकृया दिनुहोस्

    क्यानडामा विदेशी विद्यार्थीलाई घर जग्गा किन्न प्रतिबन्ध

    विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ । समाचार अनुसार यसअघि जनवरी १,...

    आज पनि भिटामिन ‘ए’ खुवाइँदै

    के तपाईले आफ्नो ५ वर्ष मुनिका बच्चालाई ‘भिटामिन ए’ क्याप्सुल ख्वाउनुभयो ? ६ महिनादेखि ५...

    इनार, ढुंगेधारा र पोखरीहरुको श्रोत संरक्षणमा सरकारले ध्यान दिनुपर्ने

    लालितपुर,  ६ बैशाख २०८१ । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १९ औं वार्षिकोत्सवमा भक्तपुर नगरपालिकाका...

    रामनवमीमा दिव्येश्वरीको वार्षिक पुजा

    भक्तपुर, ५ बैशाख २०८१ । रामनवमीको अवसरमा मध्यपुर थिमि नगरपालिका–१, लोहकिल्थलीस्थित दिव्येश्वरी मन्दिरमा वार्षिक पुजा...

    नव प्रवेशी ८२ शाखा अधिकृतको पदस्थापन, २९ लाई पालिकामा प्रमुख प्रशासकीयको जिम्मेवारी

    निजामती सेवामा नव प्रवेशी शाखा अधिकृतको पदस्थापन गरिएको छ । ब्याट ३७ का ८२ शाखा...