News Portal

  • महंगी भत्तामै बेरुजु देखाएपछि कासहरु आन्दोलित

    कर्णबहादुर रोकायाहुम्ला, २९ साउन
    ९६५ पटक
    हुम्ला, २९ साउन

    हुम्ला जिल्लामा स्थापित सरकारी कार्यालयहरुमा कार्यरत कार्यालय सहयाेगीहरुले आ.व. २०७६/०७७ मा दुर्गम जिल्लामा कार्यरत कासहरुले मासिक दुई हजारको महंगी भत्ता पाउँदै आएका छन् ।

    कोलेनिका हुम्लाले आलेप गर्दा यो रकमा बेरुजु निकाल्दा हुुम्लाका संघीयस्तरका सरकारी कार्यालयहरुमा कार्यरत कासहरु आन्दोलित भएको छन् । उनीहरुले विभिन्न माग सुनुवाई भए विभिन्न चरणमा आन्दोलन गर्ने मालपोत कार्यालय हुम्लामा कार्यरत कास राज शाहीले बताएका छन् ।

    उनीहरु ३३ जनाले आ.व. २०७६/०७७मा १२ महिना खाईपाई आएको २४ हजार नेपाल सरकारको खातामा जम्मा गर्नु पर्ने आलेपले लगत निकाल्दा उनीहरु आन्दोलित भएर कोलेनिका हुम्लामा घेराउ गरी जिल्ला प्रशासन कार्यालय हुम्लामा मागपत्र पेश गरेका छन् ।

    उनीहरुले कार्यालय प्रमुखहरु महिनौं दिन जिल्ला बाहिर रहेर पनि दैनिक उपस्थितीको हाजीर लगाएर तलब, भत्ता र अन्य सेवा सुविधा कागजी रुपमा मिलाएर खाने तर दिनहुँ कार्यलयमा सीमित सेवा सुविधा पाएर पनि स्थायी र अस्थायी कर्मचारीभन्दा धेरै खटेर काम गर्दा सरकारको यस्तो निर्णय प्रति घोर आपत्ती जनाएर यो मागपत्र पेश गरेका छौं । समयमै सुनुवाई नभएर विभिन्न कार्यालयहरुका हाकीम, लेखापाल र अन्य कर्मचारीहरुले अनावश्यक रुपमा मिलाएर खाने हिसाब किताब बाहिर ल्याउन बाध्य हुने जिल्ला प्रशासन कार्यालय हुम्लाका कास बाँचबहादुर बोहराले जानकारी दिएका छन् ।

    यदि आलेपले निकालेको बेरुजु अनुसार रकम फिर्ता गर्नु परेमा जनही २४ हजारका दरले फिर्ता दिनुपर्ने भएको छ । उनीहरु सबैले ७ लाख ९२ हजार फिर्ता दिनुपर्ने देखिन्छ ।

    प्रतिकृया दिनुहोस्

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...

    भक्तपुरमा दिनदहाडै बाघको आक्रमणबाट बालिका घाइते

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ४ साङदह स्थित मामाघरमा बस्दै आएकी एक बालिका बाघको आक्रमण...