News Portal

  • ट्रम्प प्रशासनद्वारा चार ट्यांकर नियन्त्रण

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ३१ साउन
    १६२१ पटक
    भक्तपुर, ३१ साउन

    अमेरिकी ट्रम्प प्रशासनले इरानी इन्धन बोकेर भेनेजुएलातर्फ गइरहेका चारवटा इरानी कार्गो ट्यांकर नियन्त्रणमा लिएको छ ।

    एक वरिष्ठ अमेरिकी अधिकारीले इन्धनले भरिएका पानीजहाज रोक्न सैन्यबल प्रयोग गर्नु नपरेको बताएका छन् । अमेरिकी तटीय रक्षकहरुले जहाजका मालिक, वीमा कम्पनी र क्याप्टेनलाई अमेरिकी अधिकारीसमक्ष जहाज बुझाउन चेतावनी दिएका थिए ।

    भेनेजुएलाका लागि इरानी राजदूत होजाड सोल्तानीले तेल ट्याँकर र त्यसका मालिक दुबै इरानी नभएको दाबी गरेका छन्।

    गत महिना अमेरिकी संघीय न्यायाधीवक्ताले एक व्यापारी महमुद मदानीपोरले व्यवस्था गरेको कार्गो जहाज नियन्त्रणमा लिन अमेरिकी अदालतमा मुद्दा दायर गरेको थियो ।

    अधिकारीहरुका अनुसार मदानीपोरको इरानी क्रान्तिकारी गार्डसँग निकट सम्बन्ध रहेको छ । अमेरिकाले इरानी क्रान्तिकारी गार्डलाई आतंकवादी संस्थाको रुपमा सूचीकृत गरेको छ ।

    न्यायाधीवक्ताका अनुसार चारवटा इन्धन ट्याँकरबाट ११ लाख ब्यारेल ग्यास भेनेजुएलातर्फ पठाइएको थियो । तर, यी जहाज भेनेजुएला पुग्न पाएका थिएनन् र बीचमै बेपत्ता भएको ठानिएको थियो । दुई वटा जहाज भने केप भर्ड नजिक पुनः देखा परेका थिए ।

    बेल्ला, बेरिङ, पान्डी र लुना नाम गरेका यी चारवटा जहाज वा त्यसमा रहेको कार्गोका विषयमा हाल केही स्पष्ट हुन सकेको छैन । जहाजका क्याप्टेनहरुले पनि एक साताअघिदेखि नै आफ्ना ट्राकिङ उपकरण बन्द गरिदिएका छन् ।

    अमेरिकी प्रतिबन्धको सामना गरिरहेका इरान र भेनेजुएलामाथि थप कडा कारबाही गर्ने अमेरिकाले चेतावनी पनि दिएको छ ।

    अमेरिकी प्रतिबन्धसँगै अन्तर्राष्ट्रिय व्यापारिक समूहसँगको कारोबार घट्न थालेपछि पछिल्लो समय भेनेजुएलाको निकोलास मदुरो सरकारले इरानसँग सम्बन्ध प्रगाढ बनाउँदै लगेको छ ।

    गत मे महिनामा मदुरोले पाँचवटा इरानी पानीजहाजबाट इरानी इन्धन आफ्नो देश आइपुगेको भन्दै खुशी व्यक्त गरेका छन्। त्यसबखत राजधानी काराकास सहित प्रमुख शहर बजारमा तेलका लागि मानिसहरुलाई लामो लाइन बस्नु परेको थियो ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...