News Portal

  • मेसु डाक्टरमाथि काेराेना पोजेटिभ देखिएपछि भएको सामाजिक दुर्व्यवहारप्रति खेद

    भक्तपुरपोस्ट संवाददाता चितवन, ३१ साउन
    ९९५ पटक
    चितवन, ३१ साउन

    रत्ननगर नगरपालिकाद्वारा संचालित बकुलहर रत्ननगर अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर विश्वबन्धु बगालेमाथि कोरोना पोजेटिभ देखिएपछि भएको सामाजिक दुर्व्यवहारप्रति अस्पतालले खेद प्रकट गरेको छ।

    अस्पतालका अध्यक्ष नारायण वनले शनिबार एक विज्ञप्ति जारी गर्दै कोरोना महामारीमा अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मीलाई प्रोत्साहन गर्नुको सट्टा उल्टै हतोत्साहित बनाउने हर्कत दुर्भाग्यपूर्ण र निन्दनीय भएको भनेका हुन् ।उनले स्वास्थ्यकर्मीलाइ हतोत्साहि नगरी हाैसला र सम्मान गरिदिन सार्वजनिक अपिल गरेका छन् ।

    बकुलहर रत्ननगर अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. बगाले तथा उनकी श्रीमतीमा कोरोना पाेजेटिभ पुष्टि भएपछि भरतपुर ४ स्थित उनकाे घर छिमेकका स्थानीय अगुवाहरु व्यक्तिहरुले नै उनको निवासमा गएर संक्रमित क्षेत्र लेखिएको ब्यानर टाँस्न खोजेका थिए।

    आफूहरु स्व:शील भइ सुरक्षित तरिकाले बसेको अवस्थामा समाजका बुज्रुक भनिएका केहि मानिसहरूको यस किसिमका हर्कतले मर्माहत भएको भन्दै डा बगालेले आफ्ना जस्ता छिमेकी अरुका नपरुन् भनी सामाजिक संजालमार्फत दुख व्यक्त गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...