News Portal

  • कार्डबाटै बसको भाडा भुक्तानी 

    ५६९ पटक

    काठमाडौं ,३२ साउन । अबदेखि सार्वजनिक सवारी साधनमा यात्रा गर्दा खल्तीमा पैसा होइन, कार्ड बोक्नुपर्ने भएको छ । विद्युतीय भुक्तानीको प्रयोग बढ्न थालेपछि सार्वजनिक यातायातहरू कार्डबाट भाडा लिने व्यवस्था गर्न लागेका छन् ।

    कोरोना विषाणुका कारण पनि यो नयाँ पद्धति प्रभावकारी हुने देखिएको छ । पैसाबाट पनि कोरोना विषाणु सर्नसक्ने सम्भावनाले नगदमा भाडा सङ्कलन गर्दा हुनसक्ने सम्पर्क न्यून गर्न कार्डबाट भुक्तानी प्रणाली उपयोगी हुने देखिएको छ । साझा यातायातले यसअघि नै कार्डबाट भाडा लिन सुरु गरिसकेको छ ।

    त्यस्तै एनएमबी बैङ्कले किपु बस सेवासँग सहकार्य गरी विद्युतीय भुक्तानीको प्रबन्ध मिलाउने सम्झौता गरिसकेको छ । आइतबारदेखि सुन्दर यातायातले विद्युतीय भुक्तानी प्रणाली (डिजिटल पेमेन्ट सिस्टम) सुरु गर्ने र त्यसका लागि मेसिन जडान गर्ने भएको छ । योसँगै पेमेन्ट कार्ड लिएर गाडीमा रहेको मेसिनमा पठाएपछि कार्डमा रहेको पैसाबाट गाडी भाडा तिरिन्छ ।

    सुन्दर यातायात प्रालिले ई–सेवा र चाइनाको बीएके कम्पनीको सहकार्यमा विद्युतीय भुक्तानी मेसिन जडान गर्न लागेको जनाएको छ । सुन्दर यातायातको २५ वटा गाडीमा आइतबार मेसिन जडान गरिने प्रालिका अध्यक्ष भेषबहादुर थापाले जानकारी दिनुभयो । उहाँका अनुसार अन्य मेसिन ल्याउने क्रममा छन् ।

    आइतबार दुई सयप्रति कार्ड यात्रुलाई बिक्री गरिने छ । यात्रुले २२० रुपियाँको कार्ड खरिद गरेपछि २७० रुपियाँ बराबरको यात्रा गर्न सुविधा दिइएको छ । कार्ड प्रयोगमा यात्रुको सुविधालाई ध्यानमा राखेको र कार्ड प्रयोग गरेपछि यात्रु ठगिने सम्भावना नरहने, ठेलमठेल नहुने हुँदा कोरोना सङ्क्रमणको अहिलेको अवस्थामा कार्ड एकदमै उपयोगी रहेको दाबी उहाँले गर्नुभयो ।

    यात्रुले खरिद गरेको कार्ड एक वर्ष अवधिको हुनेछ । बीचमा पैसा सकियो भने त्यसैमा थप्न वा रिचार्ज गर्ने सुविधा छ । कार्डमा भएको पैसा खर्च भएन र फिर्ता लिन चाहे तोकेको स्थानमा गएर फिर्ता लिन वा अन्य सामान खरिद गर्न सक्ने व्यवस्था गरिएको छ । यो प्रणाली नेपालमा पहिलोपटक लागू हुन लागेको उहाँले बताउनु भएको छ । गोरखापत्रले दैनिक

    प्रतिकृया दिनुहोस्

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...

    भक्तपुरमा दिनदहाडै बाघको आक्रमणबाट बालिका घाइते

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ४ साङदह स्थित मामाघरमा बस्दै आएकी एक बालिका बाघको आक्रमण...