News Portal

  • खच्चर व्यवसायबाट मासिक ५० लाख !

    कर्णबहादुर रोकायाहुम्ला, १ भाद्र
    २६७९ पटक
    हुम्ला, १ भाद्र

    हिउँ परोस् कि पानी हावाहुरी लागोस् कि बादल । चार हजार मिटर अग्लो हिमालको बाटोमा सयभन्दा धेरै खच्चरहरुले दैनिक ६ हजार केजीभन्दा धेरै सामान ढुवानी गर्छन हुम्ला र मुगु जिल्लाको बीच पर्ने चंखेली हिमालबाट । कुनै समय यो बाटो एक्लै हिंड्न गाह्रो पर्ने भएकाले हुलाकीको सहारा लिनुपथ्यों । तर, आजभोलि बाटोमा एक्लै हिंड्न समय पर्खनु पर्छ ।

    मुगु जिल्लाको सदरमुकाम गमगढीसम्म मोटर पुगेकाले हुम्लाको तीन गाउँपालिकाको करीब एक सयभन्दा धेरै गाउँहरुमा विभिन्नि प्रकारका आभारभूत आवश्यकताका सामाग्रीहरुका साथै विकास निर्माणका सामानहरुको ढुवानी र ब्यापार यही बाटो भएर हुने गर्छन । यसबाट सस्तोमा चाहेको सामानहरु गाउँमा पाउन सजिलो भएको चंखेली गाउँपालिका ऐडीबाडाका नरवीर बुढा बताउँछन् ।

    यो क्षेत्रमा सामानहरु ढुवानी र ब्यापार गर्नका लागि हुम्लामा एक सय र मुगुमा दुई सय खच्चरहरु किनिएको अध्ययनबाट थाहा भएको छ । यसका लागि ३ करोडभन्दा धेरै लगानी खच्चर व्यवसायमा गरिएको छ । यो व्यवसायबाट एक सय जनाले रोजगार पाएका छन् । दैनिक ६ हजारदेखि १५ हजार केजीसम्म सामान आउने जाने गरेको छ । यी खच्चर ब्यवसायीहरुले सस्तोमा गाउँ गाउँमा सामानहरु पुगाउने गरेका छन् ।

    खार्पुनाथ गाउँपालिकाको सुनखाडादेखि मुगु जिल्लाको भट्टेचौरसम्म करीब ८ दर्जन होटलहरुको आय व्यय खच्चर व्यवसायले नै धानेको छ । प्रत्येक होटलमा दैनिक एक हजारदेखि १० हजारसम्म ब्यापार हुने गरेको चंखेली गाउँपालिका वडा नं १ जाच्चेका होटले दन्त बोहरा बताउँछन् ।

    यहाँ प्रति केजी प्रति खच्चर ७ रुपैंयादेखि ११ रुपैंयासम्म ढुवानी भाडा पर्ने गरेको छ। मुगु दक्र्या गाउँका युवा खच्चर व्यवसायी बासुदेव बडुवाल स्नातक पढेर पनि यो स्वरोजगारीमा लागेका छन् । करीब ४ लाख लगानी गरेर खच्चर व्यवसायमा लागेका उनले मासिक ६० हजारदेखि २ लाखसम्म कमाएका छन् । त्यसमा उनी न्यूनतम मासिक ६० हजार बचत हुने बताउँछन् ।

    खच्चरको ढुवानी वर्षको दुई मौसम बढी चल्छ । वैशाखदेखि असारसम्म र कात्तिकदेखि फागुनसम्म राम्रो कारोवार हुने गरेको व्यवसायीहरु बताउँछन् ।

    यो व्यवसायले एकातिर हुम्लाका गाउँहरुमा सस्तोमा सामान पुगेको छ भने अर्कातिर खेर गएको घाँस र स्याउलासोतर पनि यसैमा लाग्ने भएकोले त्यसबाट पनि राम्रो आम्दानी भएको छ । साथै दाना तथा होटलबाट पनि राम्रो आम्दानी हुने चंखेली गोगीमायाका होटले प्रेमबहादुर शाही बताउँछन् ।

    यो वर्ष सामुदायिक वनबाट अनधिकृत रुपमा संकलन गरेका विभिन्न प्रकारका जडिबुटीहरु बिक्री गर्न नपाए पनि ढुवानीमा भने कमी नआएको देखिएको छ । यो व्यवसायबाट मासिक ५० लाखभन्दा धेरै रकमको कारोवार हुने गरेको छ ।

    प्रतिकृया दिनुहोस्

    शोकमा रहेका डा लम्साललाई राहत, सचिवमा पदोन्नति गर्ने सरकारको निर्णय

    शिक्षा सेवाका सहसचिव डा हरि लम्सालको सचिवमा पदोन्नति भएको छ । स्याङ्जा स्थायी घर भइ...

    आजबाट एसईई शुरु, बेमौसमी वर्षाले परीक्षार्थी बिरामी हुने जोखिम

    भक्तपुर । माध्यमिक शिक्षा उतीर्ण परीक्षा एसईई(कक्षा-१०) आज बिहीवारबाट शुरु भएको छ । एसईईको पहिलो...

    जनप्रतिनिधि पार्टी नभई जनता केन्द्रीत हुनुपर्नेमा सांसद थापाको जोड

    भक्तपुरका प्रतिनिधि सभा सदस्य सांसद दुर्लभ थापाले जनप्रतिनिधिहरुले पार्टीको नभई जनताको आश्यकता हेरेर काम गर्नुपर्नेमा...

    मध्यपुर थिमिको बोडेमा चैत २६ गते धिमे प्रतियोगितासंगै सांस्कृतिक मेला र मिनी फुड फेस्टिवल

    भक्तपुरको मध्यपुर थिमिस्थित प्राचिन शहर बोडेमा उपत्यकाब्यापी धिमे बाजा प्रतियोगिता तथा सांस्कृतिक मेला हुने भएको...

    ललितपुरमा २ युवाको हत्या आरोपी ४ सार्वजनिक

    ललितपुर । ललितपुरको ढोलाहिटीमा दुई युवाको हत्या भएको घटनामा संलग्न भएका आरोपीहरूलाई प्रहरीले सार्वजनिक गरेको...