News Portal

  • राष्ट्रकवि घिमिरेले आफ्नाे मृत्युपछि सार्वजनिक गर्न लेखेका थिए याे गीत

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ३ भदौ
    ९६८ पटक
    भक्तपुर, ३ भदौ

    एक सय एक वर्षको उमेरमा राष्ट्रकवि माधवप्रसाद घिमिरेको मंगलबार साँझ निधन भएको छ। आज (बुधबार) बिहान ११ बजेदेखि पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानसहित उनको अन्त्यष्टि गरिदै छ ।

    घिमिरेले नेपाली भाषा र साहित्यमा उल्लेख्य योगदान गरेका छन्। उनले स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैलीमा गीत, कविता र काव्यहरु सिर्जना गरेका छन्। तर, उनले वि.सं. २०१६ सालमा लेखेको एउटा गीत भने आफ्नो मृत्युपछि मात्रै सार्वजनिक गर्न भनेका थिए। जुन गीत उनको मृत्यपछि हिजो मात्रै सार्वजनिक भएको छ।

    गीतमा आशिष अविरलले संगीत भरेका छन् भने कर्णदासले स्वर दिएका छन्। राष्ट्रकवि घिमिरेले आफू बितेपछि सबै सञ्चारमाध्यमलाई उपलब्ध गराउनु भनेर रेकर्ड गराएको गीतको शब्द यस्तो छ :

    त्यसरी होओस् मरण
    जसरी सुत्छन् तारमा गीतका चारु चरण
    हिमालचुली देशमा, दिनको शान्त भेषमा
    जसरी गर्छन् विश्राम, सूर्यका स्वर्ण किरण
    त्यसरी होओस् मरण

    सुन्दर सृष्टि निहारी, सुखैले चिम्लूँ नयन
    बिहानीपख रातको, कुसुम पारिजातको
    जसरी जान्छ झरेर, भुइँमा विनापवन
    त्यसरी होओस् मरण

    मुटुमा चोट नपरी, टुटेर जाओस् बन्धन
    बादलको सेतो राशमा, दुइटा मूर्ति पासमा
    जसरी शिर नुहाई, आफैंमा हुन्छन् अर्पण
    त्यसरी होओस् मरण

    अमरापुरी सभामा आफैँलाई गरूँ वरण
    त्यसरी होओस् मरण।।

    प्रतिकृया दिनुहोस्

    रामनवमीमा दिव्येश्वरीको वार्षिक पुजा

    भक्तपुर, ५ बैशाख २०८१ । रामनवमीको अवसरमा मध्यपुर थिमि नगरपालिका–१, लोहकिल्थलीस्थित दिव्येश्वरी मन्दिरमा वार्षिक पुजा...

    नव प्रवेशी ८२ शाखा अधिकृतको पदस्थापन, २९ लाई पालिकामा प्रमुख प्रशासकीयको जिम्मेवारी

    निजामती सेवामा नव प्रवेशी शाखा अधिकृतको पदस्थापन गरिएको छ । ब्याट ३७ का ८२ शाखा...

    मध्यपुर थिमिको सिन्दुर जात्रा र जिब्रो छेड्ने जात्रा सम्पन्न, सुजनले दोश्रो पटक छेडे जिब्रो

    भक्तपुरको मध्यपुर थिमि नगरमा सिन्दुर जात्रा सम्पन्न भएको छ । बिस्का जात्राकै अवसरमा मध्यपुरमा बैशाख...

    महोत्सव समापनमा भक्तपुरका पत्रकार ढकाललाई सम्मान

    भक्तपुर । जिल्लामा लामो समयदेखि पत्रकारितामा क्रियाशील रहेका पत्रकार हेमराज ढकाल सम्मानित भएका छन् ।...

    लेखक खाइजूको भोगाइमा आधारित यमलोक यात्रा सार्वजनिक

    लेखक श्रीराम खाइजूको सातौं कृति  सार्वजनिक भएको छ ।  खाइजूको आफ्नै जीवन संस्मरण समेटिएको पुस्तक...