News Portal

  • ‘तिहुनले भात बोकी ल्यायो’ भन्ने हुम्ली उखान चरितार्थ

    कर्णबहादुर रोकायाहुम्ला, ४ असाेज
    १३५१ पटक
    हुम्ला, ४ असाेज

    हुम्ला । ‘तिहुनले भात बोकी ल्यायो’ भन्ने हुम्ली उखानलाई यहाँका भेडाबाख्रा व्यवसायले सार्थक बनाएको छ । हाल हुम्लामा १ अर्ब ५० करोड रूपैयाँ मूल्य बराबरको भेडाबाख्रा रहेका छन् ।

    पशु सेवा तथा पशु विज्ञ केन्द्र हुम्लाको तथ्यांकअनुसार हुम्लामा १८ हजार ५३५ भेडा रहेका छन् । यसको हालको मूल्य ३७ करोडभन्दा धेरै हुन आउने पशु सेवा तथा पशु विज्ञ केन्द्र हुम्लाका सूचना अधिकारी कृष्ण रोकायाले बताए ।

    यसैगरी हुम्लामा हाल ५६ हजार ३८२ बाख्राहरू रहेका छन् । यसको मोल एक अर्ब २२ करोड ७६ लाख ४० हजार हन आउँछ । यी दुवैको जम्मा मूल्य एक अर्ब ४९ करोड ८३ लाख ४० हजार हुन्छ । जिल्लामा भेडाबाख्रा व्यवसायलाई स्थानीय अर्थ राजनीतिको धरातल मानिएको छ । पछिल्लो समय यो पेशा नगद आम्दानीको राम्रो र अनिवार्य स्रोत बनिरहेको छ ।

    यसैले हुम्लामा भेडाबाख्रा व्यवसायलाई आम्दानीको मुख्य र अनिवार्य पेशाको स्रोत मानिएकाले व्यावसायिक, घरायसी र परम्परागत महत्व बढ्दै गएको जिल्लाबाट निर्वाचित प्रतिनिधि सभाका सदस्य छक्कबहादुर लामाको मत छ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...

    नेपाल एरा ऐकेडेमी बन्द गर्न सूर्यविनायकका १३ संस्थागत विद्यालय संचालकहरुको माग

    सूर्यविनायक-८ दार्जिलिङ हाइटस्थित नेपाल एरा ऐकेडेमी गैरकानुनी रूपमा संचालन गरिएको सरोकारवालाले जानकारी गराएका छन् ।...

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...