News Portal

  • शिक्षा पत्रकारहरुको दुई छुट्टाछुट्टै संस्थाकाे सचिवमा भक्तपुरका दुई सम्पादक सर्वसम्मत चयन

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १३ असोज
    १८१४ पटक
    भक्तपुर, १३ असोज

    शिक्षा पत्रकारहरुको दुई छुट्टाछुट्टै संस्थामा भक्तपुरका २ सम्पादकहरु सचिवमा चयन भएका छन् । यसरी सचिव हुन सफल दुईजना रोशन क्षेत्री र मैँया त्वानाबासु हुन् ।

    क्षेत्रीले शिक्षा पत्रकारको सबैभन्दा पुरानो संस्था शिक्षा पत्रकार समूहमा सचिवको जिम्मेवारी पाउन सफल भएका छन् भने त्वनाबासु शिक्षा पत्रकार प्रकाश सिलवालको नेतृत्वमा केहि दिन अघि मात्र दर्ता भएको शिक्षा पत्रकार समाजको सस्थापक सचिव बन्न सफल भईन् ।

    प्रेस संगठन नेपालको भक्तपुर जिल्ला समिति सदस्य समेत रहेका क्षेत्री हाल एजुकेशनपाटीका सम्पादक हुन् । उनी एजुकेशन पेजेज, आजको शिक्षा साप्ताहिक, शिक्षक मासिक, सिकाइ मासिक लगायत पत्रिकासँग समेत आवद्ध रहेका थिए । त्वानाबासु भक्तपुरबाट प्रकाशित हुने शैक्षिक पत्रिका नुवागी मासिककी सम्पादक हुन् । उनी बीबीसीसंग पनि आवद्ध रहेकी छन् ।

    शिक्षा पत्रकारितामा लामो अनुभव संगालेका क्षेत्री र त्वानाबासु दुबैजना आफ्नो संस्थाको सचिवमा सर्वसम्मत चयन भएका हुन् । भक्तपुर पोस्ट दुबैजनाको सफल कार्यकालको शुभकामना व्यक्त गर्दछ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...

    नेपाल एरा ऐकेडेमी बन्द गर्न सूर्यविनायकका १३ संस्थागत विद्यालय संचालकहरुको माग

    सूर्यविनायक-८ दार्जिलिङ हाइटस्थित नेपाल एरा ऐकेडेमी गैरकानुनी रूपमा संचालन गरिएको सरोकारवालाले जानकारी गराएका छन् ।...

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...